दुवै रुकुमको जिससमा माओवादी केन्द्र निर्विरोध

Posted on: 24 Sep, 2017

असोज ८, रुकुम। रुकुम र पूर्वी रुकुममा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जिल्ला समन्वय समितिमा निर्विरोध निर्वाचित हुनुभएको छ । 

दुवै जिल्लाको निर्वाचनका लागि प्रमुख र उपप्रमुखसहित नौ नौ जनाको उम्मेदवारी परेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उहाँहरु निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ । 

पूर्वी रुकुम जिसस प्रमुखमा गजेन्द्रबहादुर ओली र उपप्रमुखमा भीमकुमारी पुन तथा सदस्यमा दयालसिंह पुन, धनीमान बुढा, महेन्द्र मल्ल, जनक विक, आस्था विक, विष्णु नेपाली र रीता विक निर्विरोध निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यस्तै पश्चिम रुकुम जिसस प्रमुखमा राजकुमार शर्मा र उपप्रमुखमा इन्दिरा बीएम तथा सदस्यमा धनवीर ओली, अमृत बोहरा, टेकबहादुर ओली, विष्णु सुनार, निर्मला रसाइली, नउम घर्ती र चिमेली सुनार निर्विरोध भएको पश्चिम रुकुमका मुख्य निर्वाचन अधिकृत डण्डपाणि शर्माले जानकारी दिनुभयो ।   रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!