जिल्ला इन्चार्जसहित विप्लवका ६ कार्यकर्ता पक्राउ

Posted on: 14 Aug, 2019

साउन २९, रुकुमपूर्व | नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का  जिल्ला इन्चार्ज देवीलाल पुनसहित ६ जनालाई प्रहरीले मंगलबार  पक्राउ गरेको छ । उनीहरुलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

पक्राउ पर्नेमा सिस्ने गाउँपालिका इन्चार्ज राजु थापा, हिका बुढा, रामकुमार बुढा, मोहनलाल सार्कीलगायत छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!