रुकुम पूर्वको कांग्रेस सभापतिमा रोका निर्वाचित

Posted on: 02 Oct, 2021

असोज १६ , काठमाडौँ । नेपाली कांग्रेसको रुकुम पूर्वको जिल्ला सभापतिमा केशरमान रोका सर्वसम्मत निर्वाचित भएका छन्। पूर्वसहायक मन्त्रीसमेत रहेका रोका निवर्तमान पार्टी सभापति पनि हुन्।

लुम्बिनी प्रदेशका जिल्लामध्येमा सभापति निर्वाचित हुने रोका पहिलो हुन्। उपसभापतिमा भीमबहादुर खड्का र तेजेन्द्र खाम, सचिवमा लोकेन्द्र शाह र हरिबहादुर केसी, सहसचिवमा धनप्रताप बुढा मगर र खड्कबहादुर घर्ती निर्वाचित भएका छन्। जिल्ला कार्यसमितिका सबै सदस्य सर्वसम्मत रुपमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

शनिबार नै मुस्ताङ जिल्ला सभापतिमा रोमी गौचन थकाली निर्वाचित भएका छन्। अहिलेसम्म अधिवेशन सकिएका दुई जिल्लामा सभापति निर्वाचित भएका दुबै जना रामचन्द्र पौडेल पक्षका हुन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!