रुकुममा खेतमा रोपाइको काम सकेर घर फर्कदै गर्दा लडेर एकको मृत्यु

Posted on: 08 Jun, 2017

जेठ २५, रुकुम । खेतमा रोपाइको काम सकेर घर फर्कदै गर्दा बाटोमा लडेर आज एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा रुकुम चौरजहारी नगरपालिका–५ का ४८ वर्षीय महावीर ओली रहेको छ । 

बाटोमा लडेका ओली चौरजहारी टार सिँचाइ आयोजनाको नहरमा डुबेको अवस्थामा स्थानीयले आज दिउँसो फेला पारेको इलाका प्रहरी कार्यालय चौरजाहारीले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!