दाङ आउँदै गरेको यात्रुवाहक बस सल्यानमा दुर्घटना: तीनको मृत्यु, २० बढी घाईते

Posted on: 22 Jan, 2018

माघ ८, काठमाडौँ । रुकुमबाट दाङ घोराहीका लागि छुटेको यात्रुवाहक बस सल्यानको वेणी–६, भाटखोलामामा दुर्घटना भएको छ ।

 

मालिका कालिका यातायात प्रालीको ना ५ ख ५३१ नम्बरको बस सल्यानको भाटाखोला दुर्घटना हुँदा  हुँदा ३ जनाको मृत्यु भएको छ भने २० बढी घाइते छन् ।

 बस सडकबाट डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

गाडीमा कति सवार थिए भन्ने खुलेकाे छैन । उद्भार गरिएकाहरूकाे माेडल अस्पताल र कान्तिपुर मेडिकल, श्रीनगरसहित जिल्ला अस्पताल खलंगामा उपचार भइरहेकाे छ । गम्भीर घाइतेहरूलार्इ थप उपचारका लागि दाङ र बाँके लैजाने तयारी भइरहेको बताइएको छ ।


दुर्घटना के कारणले भएको हो भने खुल्न सकेको छैन । दुर्घटनाबारे थप विवरण आउन बाँकी ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!