रुकुममा जिप दुर्घटना: ४ जनाको मृत्यु, ७ घाइते

Posted on: 18 Jul, 2018

साउन २, रुकुम | पूर्वी रुकुमको सिस्ने गाउँपालिकामा बुधबार भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।  

लु १ ज २५७३ नम्बरको जिप दुर्घटना हुँदा पुथाउत्तरगंगा गाउँपालिकाका–२, का २२ वर्षीय किरण पुन, सोही गाउँपालिका–१, का ३५ वर्षीय कुमार पुन, ३३ वर्षीय बुद्धिराज पुन र पुथाउत्तरगंगा गाउँपालिका–१३ की तिर्सना तुलाचनको मृत्यु भएको हो ।

दुर्घटनामा चालकसहित ७ जना घाइते भएका छन् । उनीहरुको रुकुमकोटमा उपचार भइरहेको छ  । जीप धौलापैरा भन्ने स्थानमा दुर्घटना भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!