डाक्टरको लापर्वाहीले मानिसको ज्यान गएको भन्दै पश्चिम रुकुम तनावग्रस्त

Posted on: 07 Aug, 2018

प्रेम सुनार, साउन २२, बुटवल । डाक्टरको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै सोमवार देखि आज मंगलवार साँझ सम्म  अस्पताल विरुद्धको आन्दोलनमा रुकुम ( पश्चिम ) तनावग्रस्त हुँदै आएको छ ।  

उपचारमा गएका विरामीको मृत्यु भएसंगै आफन्तले डाक्टरको लापारबाहीका कारण सोमबारदेखि दोषी चिकित्सकलाई कारवाहीको माग गर्दै विरोध प्रदर्शन्  गर्दै आएका  हुन  । आइतबार चौरजहारी अस्पताल भर्ना भएका विरामीको उपचारका लागि भर्ना भएका भेरी नगरपालिका १३ कुदु जाजरकोटकी यसोधा मल्ल आरसीको मृत्यु  भएको थियो । 

चिकित्सकले गलत इन्जेक्सन दिएका कारण  उनको मृत्यु हुन गएको भन्दै लापर्वाही गर्ने   चिकित्सकलाई कारवाही  नखरे सम्म विरोध  प्रदर्शन जारी गर्ने आफन्तजनले चेतावानी दिएका छन ।  

चिकित्सकले गलत सुईको प्रयोग गरेका कारण मृत्यु भएको भन्दै आफन्तहरुले दोस्रो दिन सोमबार तथा तेस्रो दिन मंगलबार पनि विरोध प्रदर्शन गरेका छन् । प्रहरीले भिडलाई नियन्त्रण लिनका लागि अश्रुग्यास फायर समेत गरेका थिए । अहिले पीडितपक्ष र अस्पताल प्रशासनवीच बार्ता भईरहे पनि आफन्तले भने विरोधलाई निरन्तरता दिएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!