गृहजिल्ला रुकुममा जनगुनासोसँग साक्षात्कार गर्दै सभामुख घर्ती

Posted on: 03 Jul, 2019

असार १८, रुकुम | प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्ती एक सातादेखि गृहजिल्ला रुकुम(पूर्व)मा व्यस्त हुनुहुन्छ । सरकारको कामबाट जनता कति सन्तुष्ट छन् भनेर जिल्लाका विभिन्न ठाउँमा पुगेर जनगुनासो सुन्दै र समाधानको बाटो खोज्ने कार्यमा छलफल गर्दै हुनुहुन्छ । 

समृद्ध प्रदेश निर्माणका लागि प्रदेश नं ५ सरकारले विभिन्न काम गर्दै आएको बताउँदै उहाँले गाउँबाट केन्द्रसम्मका सत्तापक्ष र प्रतिपक्ष दुवै मिलेर जानुपर्ने बताउनुभयो । सभामुख घर्तीले भन्नुभयो, “दुवै पक्ष मिलेर गए मात्र सङ्घीतालाई सफल पार्न सकिन्छ”,प्रदेश नं ५ को एक मात्र हिमाली र भौगोलिक हिसाबले विकट जिल्ला रुुकम(पूर्व)मा विकासका ढोका खुलिरहेको बताउँदै जनताका गुनासालाई स्थानीय, प्रदेश हुँदै सङ्घ सरकारले पूरा गर्दै जाने बताउनुभयो ।

हिमाली तथा पहाडी इलाका रहेको जिल्ला रुुकम(पूर्व)मा प्रदेश सरकारले विशेषगरी कृषि, पर्यटन, पशुपालन, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा बढी जोड दिएको पनि उहाँले जानकारी दिनुभयो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!