रुकुममा बालिका जवर्जस्ती करणी गर्ने एक जना पक्राउ

Posted on: 20 Sep, 2019

असोज ३, मुसिकोट । रुकुमपश्चिममा बालिकालाई जबर्जस्ती करणीको प्रयास गर्ने एक व्यक्ति पक्राउ परेका छन् । स्थानीय एक १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा जिल्लाको सानीभेरी गाउँपालिका–१ का ४५ वर्षीय गङ्गे पुन पक्राउ परेका हुन् ।

निजले घरमा कोही नभएको मौका छोपेर खाना पकाउँदै गरेकी बालिकाको संवेशदनशील अङ्ग समाती लछारपछार गरेर जबर्जस्ती करणी गर्न खोजेको प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए | उनका अनुसार पीडितपक्षले दिएको किटानी जाहेरीका आधारमा आफन्तको घरमा लुकेर रहेका पुनलाई २४ घण्टाभित्रै प्रहरीले पक्राउ गरेको हो । उनलाई जबर्जस्ती करणी उद्योग मुद्दामा जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

मोबाइल पसल चोरी गर्ने पक्राउ

सदरमुकाम मुसिकोटमा रहेको करण मोबाइल पसलबाट रु तीन लाख बराबरको मोबाइलसहितका सामान चोरी गर्ने एक १६ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।युवकले रातको समयमा मोबाइल पसलको ढोकामा लगाएको ताला तोडफोड गरेर मोबाइल सेटसहित इलेक्ट्रिक सामान चोरी गरेको प्रहरी प्रमुख सुमित खड्काले बताए ।

नाम र विस्तृत विवरण नखुलाइएका १८ वर्षभन्दामुनिका पक्राउ परेका ती युवकलाई सूचना प्रविधिको उच्चतम सदुपयोग गरेर २४ घण्टाभित्रै पक्राउ गर्न प्रहरी सफल भएको र उनलाई चोरी तथा डाँकासम्बन्धी मुद्दामा जिल्ला अदालत रुकुमबाट पहिलोपटक म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!