देशमा जनजातीहरुको योगदान नभुलौंः मन्त्री बराल

Posted on: 09 Aug, 2018

प्रेम सुनार । साउन २४, बुटवल ।  प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दन वारालले मुलुकमा आदिवासी जनजातीहरुले परिवर्तनकारी आन्दोलनमा खेलेको भुमिका र  शान्ति सुरक्षामा   ईतिहाँस देखि  उनिहरुको योगदानलाई राज्यले  भुल्न नहुने बताएका छन ।


आज नेपालगञ्जमा  मनाईएको २४ औं अन्तराष्ट्रिय आदिवासी जनजाती दिवसलाई सम्वोधन गर्दै उनले यस्तो धारणा राखेका हुन । तत्कालिन माओवादी केन्द्र निकट मगर राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष समेत रहेका मन्त्री बरालले  विगतका शासकहरुको थिचोमिचो र अधिकार हननन पछि अहिले त्यस्ता कुराहरुबाट मुक्त भईएकोले संसारभरका आदिवासीहरुले हर्ष र उल्लासपुर्वक यस्तो दिवस मनाउनु पर्नेमा जोड दिए ।


उनले भने–‘ नेपालका जनजातीहरु प्छि परेका होईनन पारिएको हो, उनले भने तराईको जंगल, औलो, र मलेरिया संग जुध्धै तराईको जमिन आवदी पार्ने यहाँको थारु समुदाय हो,  जुन गरी खाने समुदाय नै अहिले सम्म  पनि  हरेक दृष्टिले पछि पर्नु दुर्भाग्य हो  । ’

उनको प्रमुख आतिथ्यतामा मनाईएको  उत्सवमा  प्रदेश सांसद आई.पि. खरेल, पुर्व सिंचाई मन्त्री दलबहादुर सुनार, पुर्व सांसद पट्टु थारु, जनजाती महासंघ बाँकेका समन्व्य समितिका अध्यक्ष डम्वरबहादुर थापा, बैद्यनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी बिक, नेपालगञ्ज मेडिकल कलेजका एमडि सुरेन्द्र कनोडिया लगायतको आतित्यता रहेको थियो ।  कार्यक्रमको अध्यक्षता खड्गबहादुर रजालीले गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!