तिहार - ‘मौलिकता जोगाउन सकेमात्र भावी पुस्ताप्रति न्याय’

Posted on: 08 Nov, 2018

कात्तिक २२, बुटवल (रासस) | प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले तिहार नेपालीको मौलिक पर्व समय बदलिएसँगै यसको मौलिकता हराउँदै जान थालेकाले मौलिकता जोगाउन सक्दा मात्रै भावी पुस्ताप्रति न्याय हुने बताउनुभएको छ । 

मुख्यमन्त्री पोखरेलले सांस्कृतिक पर्वहरूले समाजमा सद्भाव, भातृत्व र मेलमिलाप बढाउँदै सबैलाई एकताको सूत्रमा बाँधेका बताउँदै तिहारले पनि समाजमा सद्भाव बढाउन भूमिका खेल्दै आएको उल्लेख गर्नुभएको छ । 

मुख्यमन्त्री पोखरेलले दीपावली अर्थात् तिहारको अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा परिवारिक मिलन र सामाजिक सद्भाव बढाउन हाम्रा पर्वहरुले भूमिका खेलिरहेका र पर्वले दिएका यी अवसरलाई प्रयोग गर्न सक्दा मात्रै समाज सही दिशामा अघि बढ्न सक्ने उल्लेख गर्नुभएको छ । 

उहाँले अहिले पर्वमा तडकभडक बढ्न थालेको प्रति चिन्ता व्यक्त गर्नुहुँदै तिहारलाई तडकभडक ढङ्गले नभई मौलिक पहिचान जोगाउँदै मनाउन प्रदेशवासी सम्पूर्ण जनतामा अपिल गर्नुभएको छ । 

मुख्यमन्त्री पोखरेलले दिनुभएको सन्देहमा आफू नेतृत्वको प्रदेश सरकार प्रदेशको विकास र समृद्धिका माध्यमबाट सिङ्गो राष्ट्र निर्माणको महाअभियानमा जुटिरहेका बताउँदै समृद्ध प्रदेशका माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनीतिक दल, समुदाय, सङ्घ संस्था र आम नागरिकमा अपिल गर्नुभएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!