मनोज पुनका ५ जना सहयोगी रुपन्देहीबाट प्रक्राउ

Posted on: 18 Apr, 2018

बैशाख ५ , रुपन्देही। मनोज पुनका ५ जना सहयोगी पक्राउ परेका छन् । दुई महिनाअघि प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके पुनका ५ जना सहयोगीलाई आज रुपन्देही प्रहरीले पक्राउ गरेको हो |


पक्राउ पर्नेमा रुपन्देहीको बुटबल उपमहानगरपालिका–७, शिवनगरका उत्तम आचार्य, देवदह–५ का तुल्सी न्यौपाने, देवदह–४ का लेखनाथ न्यौपाने, स्याङ्जाको पुतलीबजार–४ घर भइ रुपन्देहीको बुटवल–४ बस्दै आएका हरिप्रसाद श्रेष्ठ र देवदह–६ का रोशन खड्का छन् ।

उनीहरुले मनोजलाई जिल्लाका उद्योगी व्यवसायीहरुको सम्पूर्ण विवरणहरु उपलब्ध गराउने गरेको रुपन्देही प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार उनीहरुले पुनलाई अपराधिक कार्य गर्न प्रोत्साहन गर्ने र आर्थिक सहयोग समेत गर्ने गरेका थिए । उनीहरुमाथि संगठित अपराध ऐन अन्तरगत मुद्दा चलाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!