कृषिमन्त्री बलदेबको खुलासाः जग्गाजति दलालको कब्जामा

Posted on: 07 Jun, 2018

जेठ २४, बुटवल । संघीय सरकारका कृषि मन्त्री चक्रपाणी खनाल बलदेबले नेपालको  जग्गाजति दलालको हातमा रहको खुलासा गरेका छन् । 

देशभरका जग्गाहरु न ब्यक्ति न त सरकारको भन्दै उनले दलालको मनपरिले जमिन ध्वस्त भएको दाबि गरे ।

रिपोर्टर्स क्लव नेपाल ५ नम्बर प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले कृषियोग्य जमिन बचाउन नया कार्ययोजना र नीति बनाउन लागेको उल्लेख गरे ।

भुमिसम्बन्धि नीति, ऐन भुउपयोग नीती लगायतका नीतिहरु बनाएर कृषियोग्य भूमि बचाउन ठोस कदम  चालिने उनले बताए ।

मैले जग्गाको २५ प्रकारको बर्गिकरण गरेको छु , नीति बाहिरको अंशबण्डा रोक्ने मेरो पहल छ उनले सुनाए ।

कृषिको लागी हरियो लालपूर्जा बनेको बताउँदै कृषिको लालपूर्जाले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रको लागी समेत सहुलियतको ब्यवस्था गरिने उल्लेख गरे ।


अंशबण्डाको नाममा कित्ताकाट रोक्ने बताउँदै मन्त्री खनालले नीति बाहिरको अंशबण्डा रोक्नको लागी पहल गर्ने बताए । 

नेपालमा १ लाख २१ हजारको संख्यामा मोहीहरु रहेको बताउदै उनले देशमा रहेका मोहीहरु हटाउने दाबि गरे ।

कार्यक्रममा बोल्दै मन्त्री खनालले अहिलेको सराकारबाट जनताको अपेक्षा अनुसारको गति नआएको बताउँदै केही योजनाहरु बन्दै गरेको बताए । 

नेपालमा हरेक स्थानमा सिण्डीकेट रहेको बताउँदै त्यसको अन्त्यको लागी सरकार लागी पर्ने बताए । 

कृषिमा पनि रहेको सिण्डिकेट हटाउने उनले दाबि गरे ।

कृषिको लागी आवश्यक मल, किटनासक बिसादी लगायतका कुराहरु सिण्डीकेटकै सञ्जालभित्र रहेको बताए । उनले भने –‘मालपोत, नापी, वकिल देखि अदालतसम्म जोडिएको दलालको गिरोहको संजाल छ । ’

जग्गा दलालको गिरोहले गर्दा रुपन्देहीमा यहि दरमा जग्गाको कारोबार गरेमा अबको १० भित्र सबै बस्तुहरु किनेर खानुपर्ने बताए । 

यो समस्या रुपन्देही, कपिलबस्तु, नवलपरासी लगायतका क्षेत्रहरुमा समस्याले ठुलो रुप लिएको बताए । 

‘यसअघि पनि हजारौं पटक अनुगमन भए,तर यस्को कुनै अर्थ देखिएन, उनले भने आबश्यक नीति बनाएर अघि बढ्न जरुरी छ । ’

बहुमतको सरकार चल्ने तरिका अझै शुरु नभएको बताउँदै सरकार अझै कठोर भएर अगाडि बढ्ने बताए । उनले  प्रत्यक्ष कार्यकारी राष्टपतिको एजेन्डा अगाडि बढाउने बताए ।  

‘हामीले हिजो उठाउदै आएको प्रत्यक्ष कार्यकारी राष्टपतिको एजेन्डा अगाडि बढाउने बढाउछौं,यो आबश्यक छ देशले खोजिरहेको छ ’ उनले भने ।

कार्यक्रम प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!