रुपन्देही ओमसतिया गाउँपालिकाको १०० कार्य सम्पन्न

Posted on: 19 Jun, 2018

असार ५, रुपन्देही | स्थानीय सरकार आएको एक वर्ष भएको छ । यसै अवसरमा रुपन्देहीको ओमसतिया गाउँपालिकाले एक सय वटा कार्य सम्पन्न गरिसकेको र दुई सय सोह्र वटा कार्य सम्पन्न हुने तयारिमा रहेको गाउँपालिका प्रमुख हिरा केवटले बताउनु भएको छ । 

गाउँपालिकामा तत्कालिन माओवादी केन्द्रबाट निर्वाचित हिरा केवट ओमसतिया गाउँपालिकाका आशाका केन्द्र बनेका छन् । छोरी जन्मेमा २० हजारको विस बर्षे बालिका विमा शुरुआत गरि सकेको मसतियाले बीस वटा विद्यालयमा अंग्रेजी माध्यमबाट नर्सरी देखि एक कक्षासम्म पढाई शुरु गरिसकेको र प्रत्येक वर्ष एक कक्षा थप गर्दै जाने कुरा जानकारी दिनु भएको छ । उनले अंग्रेजी माध्यमको लागि बीस जना शिक्षक भर्ना गरिसकेको जानकारी दिएका  छन्  । 


त्यस्तै एक हजार भन्दा बढी सीप मुलक तालिम भैइसकेको छ । यसैगरि प्रत्येक गाउँमा बाटो-घाटो व्यवस्था भएको छ । यसैगरि गाउँपालिका सुरक्षित होस भनेर गाउँ नगर प्रहरी भर्ना गरि सुरक्षाकर्मी तैनाथ गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!