चौतारी लघुवित्तको साधारण शेयर बिक्री हुँदै

Posted on: 27 Nov, 2018

मङ्सिर ११, काठमाडौँ | बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त वित्तीय संस्थाले यही मङ्सिर १९ गतेदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले छ लाख कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो । 

कम्पनीले छ लाख कित्तामध्ये नौ हजार ३०० कित्ता कर्मचारीको लागि, तीस हजार कित्ता सामूहिक लगानी कोषलाई र पाँच लाख ६० हजार ७०० कित्ता सर्वसाधारणलाई बिक्री गर्ने तयारी गरेको कम्पनीका अध्यक्ष जगत पोखरेलले जानकारी दिनुभयो । 

कम्पनीले छिटोमा यही मङ्सिर २३ गते र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा आगामी पुस १९ गतेसम्म बिक्री खुला गर्ने तयारी गरेको छ । सो कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । न्यूनतम ५० कित्ता र अधिकतम तीन हजार कित्तासम्म आवेदन दिन सकिनेछ । 

आवेदनको लागि नेपाल धितोपत्र बोर्डबाट आश्वा सुविधा प्राप्त बैंक तथा वित्तीय संस्था वा मेरो शेयरमार्फत् अनलाइन आवेदन दिन सकिनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!