विदेशमा मृत्यु भएको युवाको परिवारलाई ९० लाख आर्थिक सहयोग

Posted on: 01 Jun, 2017


मो इमरान खान/जेठ १८, भैरहवा । वैदशिक रोजगारीका लागि कतार गएका एक युवकको दुर्घटनामा मृत्यु भएपछि मृतक परिवारले जीवन विमा वापतको रकम प्राप्त गरेका छन । 

कतारमा रहेको नेपाली दुतावासको सहयोगमा मृतक परिवारले जीवन विमा वापतको ९० लाख १७ हजार ५ सय १२ रुपैयाँ रकम प्राप्त गरेका हुन । मृतक परिवारले पाएको रकम युवा कार्यरत कम्पनीले जीवन बीमा बापतको रकम उपलब्ध गराएको हो । 

बुधवार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले उक्त बराबर रकमको चेक युवाको श्रीमती नन्दनी मालीलाई हस्तान्तरण गरेका छन । चेक हसान्तरण गर्दै मालीले प्राप्त रकम आवश्यक कार्यमा खर्च गर्ने बताइन । 

२०६९ सालमा हेल्परको (विल्डीङ्ग कन्सट्रक्सन) भिसामा रुपन्देहीको साविक मानमटेरिया ५ का २३ वर्षीय नन्दकुमार माली कतार गएका थिए । विवाह गरेर कतार पुगेको दुई वर्षमा काम गर्ने क्रममा उनको मृत्यु भएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!