बौद्धमार्गीहरूका २४ तान्त्रिक स्थानहरू मध्ये एक ग्यात्सा अर्थात् 'मुक्तिनाथ'

Posted on: 03 Jul, 2016

मुक्तिनाथ हिन्दू तथा बौद्धमार्गीहरूको लागि एक महत्वपूर्ण तिर्थस्थल हो । यो तिर्थस्थल ३७१० मीटरको उचाईमा मुस्ताङ जिल्लामा अवस्थित छ । यस मन्दिरलाई हिन्दूहरूले मुक्ति क्षेत्र तथा बौद्धमार्गीहरूले तिब्बती भाषामा छुमिङ ग्यात्सा (जसको अर्थ हुन्छ 'सय पानी') भन्दछन् ।

तिब्बती बौद्धमार्गीहरूका २४ तान्त्रिक स्थानहरू मध्ये छुमिङ ग्यात्सा पनि एक हो । मुक्तिनाथ वैष्‍णव संप्रदायको पनि प्रमुख मन्दिरहरू मध्य एक हो । यो तिर्थस्थल शालिग्रामभगवानको लागि प्रसिद्ध रहेको छ । शालिग्राम बास्तवमा एउटा पवित्र शिला हो जसलाई हिन्दू धर्ममा पुजनिय मानिन्छ । यो मुख्य रुपमा कालिगण्डकी नदिमा पाइन्छ । जस क्षेत्रमा मुक्तिनाथ अवस्थित छ त्यस ठाउँलाई मुक्तिक्षेत्रको नामले चिनिन्छ । हिन्दु धार्मिक मान्‍यताको आधारमा यो यस्तो क्षेत्र हो,जहाँ मानिसहरुलाई मुक्ति अथवा मोक्ष प्राप्‍त हुन्छ ।

मुक्तिनाथको यात्रा जटिल रहेको छ तैपनि हजारौ संख्यामा हिन्दू धर्मावलम्बी यहाँ तिर्थ गर्नका लागि आउने गरेको पाइन्छ । यो हिन्दु धर्मको दुर्गम तिर्थस्थल मध्ये एक हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!