बुटवल उपमहानगरपालिकामा उदाए सुवेदी र आचार्य

Posted on: 06 Jul, 2017


कृष्ण खनाल/असार २२, बुटवल । बुटवल उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका  शिवराज सुवेदी विजयी भएका छन् । 

बुधवार साँझ सार्वजनिक मतपरिणाम अनुसार सुवेदीले नेपाली काग्रेस र माओवादी केन्द्रको संयुक्त गठबन्धनका साझा उमेद्वार नेपाली काग्रेसका खेलराज पाण्डेलाई पराजीत गरेका हुन ।

 मेयर पदमा विजयी भएका नेकपा एमाले जिल्ला अध्यक्ष समेत रहेका शिवराज सुवेदीले कुल २३ हजार २ सय ४९ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काग्रेसका बुटवल नगरसभापती समेत रहेका खेलराज पाण्डेले कुल २० हजार ८ सय ५४ मत पाएका थिए । सुवेदीले पाण्डेलाई कुल २ हजार ३ सय ९५ मतले पराजीत गरेका हुन ।

 यस्तै बुटवल उपमेयर पदमा नेकपा एमालेकी गोमादेवी आचार्य विजयी भएकी छिन् । आचार्यले  कुल २५ हजार ३ सय १ मत पाएकी थिईन् भने उनका निकटतम प्रतिस्पधी माओवादी र काग्रेस गठबन्धनका उमेद्वार जगत बहादुर पोखरेललाई पराजीत गरेकी हुन ।  पोखरेलको कुल मत १४  हजार ७  सय ९२ रहेको छ । 

उपमेयर पदमा कुल १० हजार ५ सय ९ मत अन्तर रहेको छ । बुटवल टुडे संग सक्षिप्त कुराकानी गर्दै विजयी उमेद्वार सुवेदीले जनताको भावनालाई समेट्दै बुटवल लाई देशकै उत्कृष्ठ नगरको रुपमा विकास गर्ने प्रतिवद्वता जनाए । उनले भने–‘बुटवल सुन्दर, समृद्ध सहर, देशकै नमुना सहर निर्माण गर्नेछौ ।’

यस्तै  मेयर पदमा पराजीत नेपाली काग्रेसका खेलराज पाण्डेले जनताको मतको सम्मान गर्दै  नगरको विकासमा हातेमालो गरेर अगाडी बढ्ने बताए ।  नेकपा एमालेले बुटवलको कुल १९  वडा मध्ये १६ वटा वडा सहित बहुसंख्यक पदमा विजयी भएको छ भने नेपाली काग्रेसले ३ वटा वडामा मात्रै वडा अध्यक्ष जितेको छ । वडा नम्बर १३ र १८ र १९ वडामा नेपाली काग्रेसले जितेको छ  भने १६ वटा वडामा एमालेले जित हासिल गरेको छ भने माओवादी केन्द्र ले कुनै पनि वडामा जित्न सकेन ।  

वडा स्तरमा जनमुक्ति संग बुटवल ७, ९ र १० गठबन्धन गरेपनि जनमुक्ति र काग्रेसका कुनै सदस्यले जित्न सकेन्न  ।  बुधवार सार्वजनिक भएको बुटवल वडा नम्बर १८ मा नेपाली काग्रेसका होमनाथ आचार्यले जितेका थिए । 

 बुटवलमा वडा नम्बर १९ मा कांग्रेसका  हिमबहादुर खत्री निर्वाचित भएका छन् । भने सो वडामा लक्ष्मी थारु, विना कुमारी दमाल नेपाली काग्रेसबाट वडा सदस्यमा जितेका हुन भने खुल्ला सदस्यमा नेकपा एमालेका कुमार थारुले जित हासिल गरेका हुन ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!