छोरी कुट्ने बाबु पक्राउ, उजुरी नलिने प्रहरी कारवाहीमा

Posted on: 21 Jul, 2017


साउन ६, काठमाडौँ । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’को निर्देशनमा छोरीलाई र्निघात कुटने रुपन्देही सम्मरीमाई–६ का ईन्दल यादवलाई प्रहरीले पक्राउ गरेको छ । साथै घटना दर्ता नगर्ने प्रहरी निरीक्षक उदय सिह सिजापतीलाई विभागीय कारवाही गर्ने भएको छ ।

गृहमन्त्री शर्माले सम्बन्धित निकायलाई सो घटनाका सबै दाषीहरुलाई आवश्यक कारवाही गर्न समेत निर्देशन दिएका छन् ।

रुपन्देहीमा एक युवतीलाई कैयोको भीडमा आफन्तले कुटपिट गरेको भिडीयो बुधबार सामाजिक सञ्जालमा भाइरल भएपछि गृहमन्त्रालयको त्यसतर्फ ध्यानाकर्षन भएको हो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहका अनुसार पिडीत मनीता यादवलाई कुटने उनका बुवा इन्दल यादवलाइ बिहीबार राती १२ बजेनै पक्राउ गरिएको छ ।

असार १९ गते बेलुकी घटेको घटनामा संलग्न युवतीका ठुलो बुवा लालमन यादव, उनकी श्रिमती, दाई दिनेश यादव र छिमेकी पशुपती कोइरीको खाजी भई रहेको बताइएको छ ।

 पिडीत १७ वर्षिया मनिता यादव र १९ बर्षीय दिनेश लोधलाई सुरक्षाको खतराका कारण प्रहरी चौकीमै राखिएको प्रहरीले जनाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!