बुटवल आसपास बिहान देखि ठप्प (फोटो फिचर)

Posted on: 06 Jan, 2018

पुस २२, रुपन्देही | बुटवल अन्तरगत सधैँ  ब्यस्त  रहने राजमार्गहरू आज बिहानबाट सुनसान भएका छन् ।

हिजो बिहान देबदह निवासी एक काठ  व्यापारीलाई अज्ञात समूहले गोली हानेपछी उपचारको क्रममा बुटवल अञ्चल अस्पतालमा मृत्यु भएको थियो ।

'यस्ता  घटना बर्षमा दुईवटा घटीसक्दा पनि कहाँ छ सुरक्षा निकाय हामीले होनहार युवाहरू गुमाईरहेका छौ' भन्दै नेकपा एमाले निकट युवा सङ्गठन र विद्यार्थी सङ्गठनद्वारा आजबाट अनिश्चितकालका लागि रुपन्देही बन्द आव्हान गरेको छ ।

बन्दको बेला बिहानैबाट गाडी नचलेका कारण यात्रुहरू मारमा परेका छन् । - आभास पौडेलको सहयोगमा 


यस बिषयमा तपाइको प्रतिक्रिया...!