प्रदेशसभा ५ को सभामुख बने माओवादीका पूर्णबहादुर घर्ती

Posted on: 13 Feb, 2018

फागुन १, बुटवल । प्रदेश नम्बर ५ को प्रदेशसभा सभामुखमा नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती निर्विरोध चयन भएका छन् । उनि निर्विरोध भएपनि भोलि बस्ने प्रदेशसभाले यसलाई औपचारिकता दिनेछ ।

सभामुखका लागि पूर्वी रुकुम प्रदेशसभा (ख) बाट निर्वाचित घर्तीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । प्रदेश ५ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बहुमत छ ।

दुई पार्टीको सहमति अनुसार यस प्रदेशमा मााओवादीले सभामुख पाएको छ । भोलिको बैठकमा जेष्ठ सदस्य बलदेव शर्मा पोखरेलले घर्तीलाई सभामुख घोषणा गर्ने र शपथ ग्रहण गर्ने प्रदेश ५ को सचिवालयले जनाएको छ ।

मंगलबार माओवादी केन्द्रका प्रमुख सचेतक दधिराम न्यौपानेको प्रस्ताव र एमाले प्रमुख सचेतक भूमिश्वर ढकालको समर्थनमा घर्तीले प्रदेश सचिबालयमा उम्मेदवारी दर्ता गराएका थिए ।

भूमे गाउँपालिका-९ रुकुममा २०२४ असार २९ मा जन्मिएका घर्ति माओवादी सशस्त्र युद्धका बेला रुकुमको जनसरकार प्रमुख भएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!