प्रदेश ५ का गृहमन्त्रीले सुरु गरे ‘अन द स्पट’ कारवाही अभियान

Posted on: 09 Mar, 2018

फागुन २५, बुटवल । प्रदेश ५ का गृहमन्त्री कुलप्रसाद केसीले ‘अन द स्पट कारबाही’ अभियान थालनी गरेका छन् । 

मन्त्री केसीले प्रदेश ५ मा हुने अवैध तस्करी र कालोबजारी रोक्नको लागि सकृयता बढाएको भन्दै अभियानकै रुपमा काम सुरु गरिएको बताएका छन् । केसीले अभियानले तत्काल काम सुरु गर्ने बताउदै प्रदेशमा हुने अवैध तस्करी र कालोबजारी तत्काल नियन्त्रणमा आउने दावी गरे ।

उनले अभियान अन्तर्गत सक्रिय काम गर्न सम्बन्धित सुरक्षा निकायलाई समेत निर्देशन दिईसकेको बताएका छन् । उनले गुनासो आएको आधारमा त्यस्ता कृयाकलाप गर्नेहरुलाई नियन्त्रणमा लिएर अन द स्पट कारबाही गरिने बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!