सामुदायिक तथ्यांक सर्वेक्षण सार्वजनिकरण

Posted on: 17 May, 2017

जेठ ३, बुटवल | बुटवल बहुमुखी क्याम्पस स्नाकोत्तर तह प्रथम बर्ष स्वाथ्य शिक्षा विषयका विद्यार्थीहरुको आयोजनामा बुटवल १(साविक)३ मा तथ्यांक सार्वजनिकरण कार्यक्रम गरिएको छ । 

केही महिना अगाडी  स्वाथ्य शिक्षा विषयमा अध्यायनरत विद्यार्थीहरुको सहभागीतामा संकलन गरिएको वडा नम्बर  १ र ४ का जनसंख्याको विवरण, सामाजिक आर्थिक अवस्था, वातावरणशीय स्वाथ्य, खाद्यान्न र पोषण सम्बन्धी, सर्ने र नसर्ने रोग सम्बन्धी विवरणको विषयमा  संकलन गरिएको तथ्यांको सार्वजनिकरण गरिएको थियो । स्नाकोत्तर तह प्रथम बर्षका विद्यार्थी टिकाराम  पौडेलको अध्यक्षतमा भएको कार्यक्रममा बुटवल  बहुमुखि क्याम्पस स्वाथ्य विभाग  प्रमुख डा. सुरेन्द्र गिरीको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा बुटवल उपमहानरपालिका का स्वाथ्य  तथा  वातावरण शाखाका खिम बहादुर पौडेल, नेकपा एमालेका रमेश प्रसाद नेपाल, बुटवल माविका प्रध्यानाध्यापक अकरमुल्लाह खाँ, त्रिविक्रम केसी, देवी सिमांगैडा, लक्ष्मी खड्का, बसन्त खनाल, विक्रम राज भण्डारी, प्रिया कसौधन लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

सचेनामुलक, गित, नाटक, गजल तथा नृत्य समेत प्रस्तुत गरिएको कार्यक्रममा सिता भण्डारीको स्वागत र सान्ता श्रेष्ठको सञ्चालनमा भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!