पाठकको खडेरी लागेपछि ‘ई–लाईब्रेरी’

Posted on: 12 Jul, 2017


कृष्ण खनाल/असार २८, बुटवल । वि.स.२०४५ सालमा स्थापना भएको बुटवल मिलनचोक देखि केही मिटर दुरीमा रहेको रहेको ज्ञान ज्वोति पुस्तकालयमा आज भन्दा केही बर्ष पहिला थामि नसक्नु पाठक हुन्थे । पुस्तकालय खुल्ने वित्तिकै विभिन्न नयाँ नयाँ पुस्तक, जर्नल तथा म्याग्जीन पढ्नको लागि पाठकहरुको तछाड–मछाड नै हुन्थ्यो । 

पुस्तकालयका अध्यक्ष टुक बहादुर क्षेत्री विगत सम्झीदै भन्छन्–‘म तत्कालिन कोषाध्यक्ष थिए, पाठकहरुको माग अनुसारको पुस्तका जुटाउन, पाठकहरुको भार थेग्न हामीलाई हम्मेहम्मे पर्दथ्यो, १० बर्ष पहिला । ’ तर उनको यो स्मरण अहिले मेला खादैन । उनी भन्छन्–‘अहिले पुस्तकालयमा हजारौ पुस्तक छन्, पुराना गन्थ्र देखि लिएर नयाँ नयाँ पुस्तक, तथा पत्रपत्रिका  समेत नियमित रुपमा हामीले व्यवस्थापन गरेका छौ तर  पाठक ‘ शुन्य’ नै छन् ।’ 

विगत केही बर्ष देखि पाठकको खडेरी नै लागेको उनको भनाई रहेको छ ।  अध्यक्ष क्षेत्रीका अनुसार बढ्दो प्रविधिको प्रयोगकको कारण मानिसहरु पाठ्य पुस्तका पढ्ने बानीमा ‘अल्छीपना’ ल्याएको छ । मानिसहरु क्षणभरमै ईन्टर नेटको माध्ययमबाट पुस्तक तथा अन्य नयाँ नयाँ खोज अनुसन्धान मोवाईल,  कम्प्युटर ल्यापटमा पाउने गरेको छ । जसको कारण पुस्तकालयमा  पाठकको खडेरी लागेको  ज्ञानज्वोति पुस्तकालयका सदस्य माधव गौतम स्वीकार गर्दछन् । 

आफ्नै भवन, प्रयाप्ती मात्रामा पाठ्यपुस्तक, प्रयाप्त मात्रामा भौतिक पुर्वाधार भएपनि पाठक नआएपछि  अहिले उक्त पुस्तकाले नयाँ जुक्ति निकालेको छ ई–लाईब्रेरेरी(आर्थत विद्युतीय पुस्तकालय) । 


पुस्तकालयका सदस्य माधव गौतमका अनुसार  विभिन्न विदेशी तथा स्वदेशी दाताहरुको सहयोगमा ९ वटा कम्प्युटरको व्यवस्थापन गरी विद्युतीय पुस्तकालयको स्थपना गरिएको हो । यहि असार २९ गते विहान ७ः३० बजे विद्युतीय पुस्तकालयको समुद्घाटन कार्यक्रम राखिएको छ । पछिल्लो समयमा पुस्तक पढ्ने पाठकहरुको संख्या सुन्य हुन थालपछि आफुहरुले  विद्युतिय पुस्तकालयको अवधारणा ल्याएर स्थापना गरिएको पुस्तकालयका  सचिव राजेश बस्याल बताउछन्  ।  पुस्तकालय स्थापनाको लागि अमेरिकी एक संस्थाले ३  थान, मणिमुकुन्द कलेज, सत्यवति सहकारी, एभरेष्ट ई.बो मावि, क्रिमसन कलेजले ले १÷१ थान कम्प्युटर प्रदान गरेका छन् । पुर्णरुपमा हाई स्पीट ईन्टरनेट जडान गरिएको उक्त विद्युतीय पुस्तकालय हाललाई बेलुका ४ देखि ६ बजे सम्म खुल्दै आएको छ । निकट भविश्यमा पुस्तकालय प्रयोगकर्ताहरुको माग बढ्दै गएमा थप समय विस्तार गर्ने योजना रहेको जनाइएको छ । 

यता,  वि.स. २०२३ सालमा स्थापना भएको  बुटवल उपमहानगरपालिका–६ कान्तिपथस्थित श्रीनवजागृति पुस्तकालयमा ई–लाइब्रेरी स्थापना गरिएको छ । स्थानीय बुद्धिजीवी, समाजसेवी र शिक्षाप्रेमीको सक्रियतामा २०२३ सालमा स्थापित बुटवलकै पुरानो पुस्तकालयमध्ये एक मानिने नवजागृति पुस्तकालयमा बुटवलमै गत बर्षको जेठ ११ गते पहिलोपटक ई–लाइबे्ररी स्थापना गरिएको हो ।उक्त पुस्तकालयमा पाठकहरुको संख्यामा खडेरी लागेपछि विद्युतीय पुस्तकालय स्थापना गरिएको हो । तर पनि पुस्तकालयमा  खसै उलेख्यीय मात्रामा पाठकहरुको  पुग्ने गरेका छैनन् । बिकासक्रमसँगै आधुनिक शिक्षाको विकासका लागि यसप्रकारका ई–लाइबे्ररीको महत्वपूर्ण हुने भएपनि यसको खास महत्व अझै बढ्न  सकेको छैन । नवजागृति पुस्तकालयका तत्कालिन स्व.अध्यक्ष गणेशमान सैँजुको पहलमा स्थपना भएको थियो । 


 रुपन्देहीको ग्रामिण क्षेत्रमा रहेको पुस्तकालय हो सैनामैना नगरपालिका बासगढीमा रहेको लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालय’  यसमा पनि पाठकहरुको खडेरीलागेपछि विद्युतीय पुस्तकालय स्थपाना गरिएको छ । केही बर्षपहिला देखि सञ्चालनमा आएको यो पुस्तकालयमा पनि खास उल्लेखनिय मात्रा पुस्तकालय प्रयोगकर्ता तथा पाठकहरुको उपस्थिीति नरहेको पाइएको छ ।  अध्यक्ष  युवराज काफ्ले का अनुसार  वि.स.२०६९ साल माघ २० गते विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको सहयोगमा स्थापना भएको सामुदायिक पुस्तकालयमा समुदायका सबै प्रकारका जाति, वर्ग, समूह, उमेर, लिङग, भाÈा, धर्मको समेत पुस्तक तथा जनचेतनामुलक सामग्रीहरु राखिएको छ । 

 श्रव्य–दृष्य (भिडियो) कÔ, महिला–कÔ, बाल–कÔ, कम्प्यूटर–कÔ, संगीत–कÔ, खेलकुद–क र स्वास्थ्य कÔको व्यवस्था गरिएको छ । बुटवल देखि २७ किलोमिटर पश्चिममा रहेकोछ पुस्तकालय । सामुदायिक पुस्तकालय स्थापनाको भवन निर्माण गर्न रिड नेपाल नाम गैरसरकारी संस्थाले ५२ लाख ६९ हजार ९ सय २१ रुपैयाँ र समुदायबाट ९ लाख ३१ हजार ७ सय ५० रुपैयाँ गरी कुल ६२ लाख ११ हजार ६ सय ७१ रुपैया ५० पैसाको लागतमा निर्माण गरिएको हो । 

 अहिले पुस्तकालयमा अध्यानको लागि साधारण सदस्यहरुको लागि परिचय –पत्रको लागि  २० रुपैयाँ लिने गरेको छ । जो सुकै व्यात्तिहरुले परिचय–पत्र बनाएपछी अध्ययन गर्न पाउने पुस्तकालयले व्यवस्था गरेको छ । 

मानार्थ सदस्यहरुको लागि ११ हजार १ सय ११ रुपैया र साधारर्ण सदस्यका लागि ५ हजार ५१ रुपैयाँ लिने गरेको पुस्तकालले साधारण र मानार्थ सदस्य भएपछी पुस्तकालयमा भएका पुस्तक तथा अन्य सामाग्रहरु निश्चित समयका लागि घरमै लगेर अध्ययन गर्न पाउने व्यवस्था गरिएको छ ।

रुपन्देहीमा भैरहवामा सहित स्मृती सामुदायिक पुस्तकालय, बुटवलमा नवजागृति पुस्तकालय, महाविर पुस्तकालय रहेका छन् भने सैनामैना नगरपालिका लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालय सञ्चालन छन्  । सञ्चालनमा आएका यि पुस्तकालयहरु केहीले विद्युतीय पुस्तकालयको अवधारण आगाडी बढाई सकेका छन् भने केही प्रक्रियामा रहेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!