ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Posted on: 31 Aug, 2017


भदौ १५, रुपन्देही । रुपन्देहीको बुटवलमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल मिलनचोकमा भारतीय नम्बर प्लेटको ट्रकको ठक्करबाट पाल्पाको तानसेन ६ का २७ वर्षका रुकबहादुर थापाको मृत्यु भएको हो ।

बा ६४ प ६३८४ नम्बरको मोटरसाइकलमा सवार थापालाई लु १ ख ९८७२ नम्बरको ट्रकले ठक्करदिएपछि विपरित दिशाबाट आएको भारतीय नम्बर प्लेटको ट्रकले ठक्कर दिएको हो ।

ठक्करपछि गम्भीर घाइते भएका थापाको उपचारको क्रममा लुम्विनी अञ्चल अस्पताल बुटवलमा ज्यान गएको प्रहरीले बताएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!