बाबु-छोरीको सम्बन्धबारे कहालीलाग्दो घटना सार्वजनिक, बाबु जेल चलान

Posted on: 09 Feb, 2018

माघ २६, काठमाडौँ ।  घरायसी झगडा सम्बन्धी विषय उल्लेख गरेर परेको उजुरीमा प्रहरीले बयानका क्रममा कहालीलाग्दो घटना पत्ता लगाएको छ । 

ईलाका प्रहरी कार्यालय बुटवलमा २०७४ साउनमा रुपन्देही, देवीनगरकी १२ बर्षीया बालिकाको उजुरी परेको थियो । उजुरी आफ्नै बुवाविरुद्ध थियो । तर जब प्रहरीले उनलाई आफुले भोगेका समस्या ढुक्कसँग राख्न सक्ने वातावरण बनाईदियो, तब ति बालिका आफ्नै बुवाबाट पटकपटक बलात्कृत हुँदै आएको कुरा खुलाशा भएको छ ।

१२ बर्षीया बालिकाको ब्यथा सुनेर प्रहरी समेत अचम्मित भएको थियो । उनले प्रहरीलाई खुलाएको कुरामा आफ्नै बुबाले ६ महिनादेखि उनलाई बलात्कार गर्दै आएका थिए । यसै तथ्य लगत्तै प्रहरीले बालिकाकी आमालाई बलात्कार सम्बन्धि उजुरी दिन आग्रह गरेको थियो । तर उजुरीको लागि उनि तयार भइनन् । अन्ततः मावलीतर्फकी हजुरआमाले किटानी जाहेरी दिएपछी बलात्कारी बुबा जेल चलान भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!