सञ्चार माध्यमले सरकरात्मक कुरा पनि खोजौं: मुख्यमन्त्री

Posted on: 18 Sep, 2018

प्रेम सुनार | असोज २, बुटवल । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले संघियताप्रति नकारात्मक टिप्पणी  गर्ने बेला नआएको बताएका छन ।   उनले संविधान दिवसको अवसरमा रातोपाटी डट.कमको मंगलवार विहान प्रदेश कार्यालय बुटवलमा उद्घाटन गर्दे यस्तो बताएका हुन् । 

सरकार सञ्चालनको ६ महिना नपुग्दै सरकारको आलोचना गर्दै लेखिन्छ तर अढाई सय बर्ष भन्दा पहिले देखि के गरिदै आयो ? भन्ने कुरा लेखिदैन उनले प्रतिप्रश्न गर्दै भने–‘ ३ प्रतिशत रहेको आर्थिक बृद्धि  बृद्ध दर यहि सरकारले ६ प्रतिशतमा  पुरायो र आगमी बर्ष ८ प्रतिशतमा पुराउँदै छ यो कुरा लेख्न पर्ने कि नपर्ने ? पेखरेलले  स्थानीय तह , प्रदेश र केन्द्रले काम गरिहेकोले  धेरै लामो समय नभएकोले अहिले संघियता महंगो  भन्ने आरोप  गलत भएको धारणा राखे । मुलक परिवर्तन एकै चोटी  नहुने भन्दै मुख्यमन्त्री पोखरलेले अढाई सय बर्षसम्मको इतिहासले किन समृद्धि  आएन भनेर खोज्न  नसकेको अवस्थामा अहिले सधियताको हतारमा टिप्पणी गर्न नहुने बताए । 


संघियता कानूनी, प्रशासनिक, मनोविज्ञानका हिसाबले स्थापित भइसकेको छैन् । तथर्स अहिले चालोचना गर्न ुभन्दा सवल बनाउने तर्फ  लाग्नु पर्नेमा जोड दिए ।  अहिले सरकारलाई नकारात्क रुपमा मात्र हेर्न गर्दा पनि राम्रा काम र उपलब्धीहरुलाई पनि मिडियाले बाहिर ल्याउन मुख्य मन्त्रीले आग्रह  गरे  । समाजमा हुने अपराधलाई राज्यलाई जोडेर आलोचना गर्नु  भन्दा  परिवार र समाजलाई सचेत गराउने तर्फ समाजका सबै पक्ष जुट्नु पर्ने उनको भनाई थियो । एउटा तहले गरेको करको बिषयलाई सबै स्थानीय तहमा जोडेर लेखिनु गलत भएको र हाट बजारमा कर लिने बिषय बर्षेदेखी  पुरानोलाई अहिले सधियातासगँ जोडेर हेर्न नहुने  उनले बताए  । कार्यक्रममा ५ नम्बर प्रदेसका सभामुख पुर्ण बहादुर धर्तिले मिडियालाई व्यवस्थीत र निपक्ष गराउनुपर्ने बताएका थिए । कार्यक्रममा रातोपाटी अनलाईनका संस्थापक तथा नेपाल पत्रकार महासंघ पुर्व केन्द्रीय महासचिव ओम शर्मा नेपाल पत्रकार महासंघ रुपन्देहीका यानेन्द्र  जिसी , बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खेम हमाल, लगायतको सहभागिता रहेको थियो । बोल्दै मिडियाले समाजमा परिवर्तन गनुपर्ने बताएका रोतो पाटीका प्रवन्ध निर्देशक अर्जुन पन्तको अध्यक्षता र प्रदेश संयोजक तेजेन्द्र के. सीको संचालनमा कार्यक्रम सम्पन भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!