मिशेज युनिभर्सल–२०१८ को ताज गुल्मीकी हिमानीलाई

Posted on: 14 Oct, 2018

प्रेम सुनार | असोज–२८, बुटवल । किशोरी र युवतीपछि नेपालमा पहिलो पटक भई रहेको श्रीमातिहरु बिचको प्रतियोगितामा गुल्मीकी हिमानी गाहा थापा  देश कै उत्कृष्ट श्रीमतिका रुपमा छनौट भएकी छन । ग्यालम वल्र्ड ईन्टरटेन्टमेण्टले आयोजना गरेको मिशेज युनिभर्सल नेपाल २०१८ को प्रतियोगितामा ३० जना सहभागी महिलाहरुलाई पछाडी पार्दै हिमानीले मष्ट क्रियटिभ र मष्ट एफबि पब्लिक च्वाईसको ताज हिमानीलाई पहिरिएकी छन ।


उत्कृष्ट , २५ , १० हुँदै  उत्कृष्ट पाँच जना छनौटमा हिमानी सहित परेका छन ।  गुल्मीबाट हिमानी, काठमाण्डौबाट क्रमशः सुष्मा लामा, सम्झना बस्नेत , रिना खड्गी, र दाङ्गबाट सुहिना अधिकारी उत्कृष्ट पाँचमा  छनौट भएका हुन । उनिहरु अब सिङ्गापुरमा हुन गई रहेको युनिभर्सल प्रतियोगितामा भाग लिन जाने भएका छन ।


गुल्मीको रेसुङ्गा नगरपालिका–१४ पराल्मी स्थित ग्रामिण बस्तीमा जन्मीएकी हिमानीको विवाह पनि त्यसै पराल्मीका कुलबहादुर सुर्यबंशी संग भएको हो ।  ३२ बर्षिया दुई सन्तानकी आमा हिमानी बौधिकता, क्षमता र शौन्दर्यमा देश कै उत्कृष्ट श्रीमतिका रुपमा दर्ज हुने अवसर प्राप्त गरेकी छन । अन्तराष्ट्रिय रुपमा भने उनको नतिजा हेर्न बाँकी छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!