फेरी दाङ्गबाट काठमाण्डौका लागि छुटेको बस नवलपरासीमा दुर्घटनाः १६ यात्रु घाईते

Posted on: 15 Nov, 2018

कार्तिक २९, बुटवल । एक हप्ता नपुग्दै दाङ्गबाट सवास बस आज विहान नवलपरासीमा दुर्घना भएको छ । दाङ्गबाट काठमाण्डौका लागि छुटेको राप्ती यातायातको ना ६ ख ६२० नम्वरको बस  नवलपरासीको पुरानो कावासोती स्थित सडक मै पल्टिएर दुर्घटना हुँदा १६  जना घाईते भएका छन । चार जनाको अबस्था गम्भीर छ ।


चार जना गम्भीर घाईतेलाई भरतपुर अस्पतालमा पठाईएको र अन्यलाई स्थानिय कालिका मेडिका मेडिकलमा उपचार भई रहेको पुर्व नवलपरासीका प्रहरी  प्रमुख  डिएसपी रमेश थापाले जानकारी दिए । दाङ्गबाटै काठमाण्डौबाट छुटेको अर्को बस नवलपरासी मै दुर्घटना भएको एक हप्ता पुगेको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!