न्यायधिवक्ता निरौला ८० हजार घुससहित पक्राउ

Posted on: 20 Nov, 2018

मङ्सिर ४, बुटवल | रुपन्देहीका जिल्ला सरकारी वकिल न्यायधिवक्ता कोषहरी निरौला घुससहित पक्राउ परेका छन् । सेवाग्राहीसँग ८० हजार घुस लिँदै गर्दा अख्तियार दुरुपयोग आयोग बुटवलका टोलीले उनलाई पक्राउ गरेको हो ।

मुद्धा मिलाइदिने भन्दै घुस लिइरहेको अवस्थामा निरौला घुससहित पक्राउ परेका हुन् । उनीमाथि थप अनुसन्धान भइरहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!