रुपन्देहीमा प्रहरीले हानेको गोली लागि एक व्यक्तिको मृत्यु, एक प्रहरी घाइते

Posted on: 13 Jan, 2019

पुष २९, बुटवल । रुपन्देहीको शंकरपुरमा प्रहरीले हानेको गोली लागि एक जना व्यक्तिको मृत्यु भएको छ । मारिनेमा तस्कर समूहको एक सदस्य रहेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार गस्तीमा खटिएको प्रहरीमाथि भारतीय नम्बर प्लेट युपी ५३ एच २०२८ को मोटरसाइकलमा आएका तस्करले प्रहरीलाई गोली हानेपछी जवाफी कारवाहीको क्रममा गोली हानिएको हो । तस्करको गोली लागेर एक जना प्रहरी जवान कृष्ण श्रेष्ठ घाइते भएका छन् । तस्करहरुले हानेको गोली श्रेष्ठको बायाँ पाखुरामा लागेको थियो । 

तस्कर समुहले प्रहरीलाई गोली हानेपछि प्रहरीले पनि जवाफी कारबाही गरेको थियो । त्यस क्रमना प्रहरीले हानेको गोली लागेर तस्करको मृत्यु भएको प्रहरीले जनाएको छ । मारिएका व्यक्तिको परिचय खुलेको छैन ।

मृतकको शव पोष्टमार्टमका लागि भीम अस्पताल रुपन्देही पुर्याइएको छ । घटना राति करिब १२ बजे तिर घटेको बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!