खोलामा पौडी खेल्न गएका दुई जनाको डुबेर मृत्यु

Posted on: 18 May, 2019

जेठ ४, बुटवल ।   शनिबार खोलामा पौडी खेल्न गएका दुईजनाको डुबेर ज्यान गएको छ। सैनामैना नगरपालिकाको इगुरिया खोलामा डुबेर आशिष न्यौपाने  र काली रहमा डुबेर डोलबहादुर खप्तरी मगरको मृत्यु भएको हो।

आज  दिउँसो ४ बजे सैनामैना ९ शंकरपुरस्थित इंगुरिया खोलामा पौडी खेल्ने क्रममा सैनामैना ६ शान्तिटोलका १६ वर्षीय न्यौपानेको ज्यान गएको हो। मृतक न्यौपाने सैनामैनाको रामापुर माविको कक्षा १० मा अध्ययनरत थिए। अर्का युवाको खप्तरीको सैनामैना ३ को काली रहमा पौडी खेल्ने क्रममा ज्यान गएको हो। उनी सैनामैना नगरपालिका ८ का स्थानीय हुन्। 

  

यस बिषयमा तपाइको प्रतिक्रिया...!