बुटवलमा सवारी दुर्घटनामा परी एक युवकको मृत्यु

Posted on: 19 Aug, 2019

भदौ २, रुपन्देही  । बुटवलको ढबाहामा आज भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । पश्चिमबाट पूर्व जाँदै गरेको लु २ च ३२६ नम्बरको सानो पिकअप गाडीको ठक्करबाट मोटरसाइकल चालक गुल्मी गुरुङधाराका २२ वर्षीय सुवास पछाईको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । पिकअप गाडीलाई ओभरटेक गर्नेक्रममा लु ३२ प ५००१ नम्बरको मोटरसाइकलमा सवार पछाईको मृत्यु भएको हो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!