बुटवलमा वडा अध्यक्षद्वारा आत्महत्या प्रयास

Posted on: 07 Sep, 2019

भदौ २१, बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष रमेश नेपालले आत्महत्या प्रयास गरेका छन् । वडा नंं. २ स्थित आफ्नै घरमा बिहान ९ बजे नेपालले सिलिङ पंखामा झुण्डिएर आत्महत्या प्रयास गरेका हुन् ।

उनी झुण्डिएको परिवारका सदस्यले थाहा पाएलगत्तै अस्पताल पुर्‍याएका थिए । उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनका आफन्तले जानकारी दिए |

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख भिमलाल भट्टराईले घटनाबारे प्रारम्भिक जानकारीमात्र भएको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!