आफ्नै छोराले गरे वृद्ध बुवाआमाको हत्या

Posted on: 06 Dec, 2019

मंसिर २०, रुपन्देही | रुपन्देहीको ओमसतिया गाउँपालिका– ४, बालापुरस्थित गोरख यादवले आफ्नै आमाबाबुको हत्या गरेका छन् |

शनिबार बिहान घरको कोठाभित्र रहेका ७२ वर्षीय बुबा रामनारायण यादव र ७० वर्षीया आमा थगना यादवलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् |प्रहरीका अनुसार छोराको धारिलो हतियार प्रहार पछि बुवाको घटनास्थलमै मृत्यु भएको थियो |भने आमा थगना यादवको भने उपचारका क्रममा भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा मृत्यु भएको हो |

उनलाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!