भैरहवामा एम्बुलेन्स तयारी अवस्थामा

Posted on: 25 Mar, 2020

चैत १२, रुपन्देही | संयुक्त एम्बुलेन्स चालक सङ्घ शाखा कार्यालय भैरहवाले लकडाउनका बेला समस्या परेका बिरामीको सेवाका लागि एम्बुलेन्स तयारी अवस्थामा राखेको छ  ।  

सङ्घको ट्रेड युनियन शाखा भैरहवामा आबद्ध ११  चालकलाई आवश्यक पर्दा २४ सै घण्टा बिरामीको  सेवा दिनका लागि तयारी अवस्थामा राखिएको ट्रेड युनियन शाखा भैरहवाका सचिव श्याम मुराउले जानकारी दिनुभयो । सचिव मुराउका अनुसार विश्वमा कोरोनाको सङ्कट परिरहेका बेला देशलाई सहयोग पुर्याउने उद्देश्यले आफूहरु संस्थागत रुपमा अगाडि बढेको बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!