सैनामैनामा सवारी दुर्घटनामा बाबुछोराको मृत्यु

Posted on: 29 Jun, 2020

असार १५, रुपन्देही । सैनामैना नगरपालिका– ८ कलौनीमा आज अपराह्न भएको सवारी दुर्घटनामा बाबुछोराको मृत्यु भएको छ । अपराह्न करीब २ बजे भएको  दुर्घटनामा सैनामैना– १ वनकट्टाका ५० वर्षीय टेकबहादुर परियार र उहाँका ३० वर्षीय छोरा सन्तोषको मृत्यु भएको हो । 

दुर्घटनामा घाइते दुवैको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । सन्तोष जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी जवान हुनुहुन्छ ।  

बुटवलबाट पश्चिम आउँदै गरेको लु ५२ प ६२२९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु २ च ८५२९ नम्बरको कार ठोक्किँदा दुर्घटना भएको प्रहरीले  जनाएको छ । कार प्रहरीको नियन्त्रणमा  छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!