कोरोनाका कारण रुपन्देहीमा एक पुरुषको मृत्यु

Posted on: 30 Dec, 2020

पुस १५, बुटवल । रुपन्देहीको बुटवल कोरोना विशेष अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । 

जिल्लाको शुद्धोधन गाउँपालिका १ का ७० वर्षीय पुरुष को मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए ।

गत मंसिर २७ गते पोजेटिभ आएका बिरामीलाई पुष १४ गते बुटवलको अस्पतालमा भर्ना गरिएको थियो । मृतकमा उच्च रक्तचापको समस्या समेत रहेको अस्पतालले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!