लुम्बिनी प्रदेशमा ५ घण्टाको अन्तरमा ४ जना संक्रमितको मृत्यु

Posted on: 18 Apr, 2021

वैशाख ५, काठमाडौँ।  गएराति करिब ५ घन्टाको  अन्तरालमा लुम्बिनी प्रदेशमा कोरोना संक्रमणबाट  ४  जनाको ज्यान गएको  छ  ।

साँझ ५ बजेर ५० मिनेट जादा भैरहवा मेडिकल कलेज रुपन्देहीको  मायादेवी  गाउँपालिका ५ की ६५  वर्षीया महिलाको  कोरोना  संक्रमणबाट ज्यान गएको  जिल्ला  प्रहरी  कार्यालय रुपन्देहीका  प्रबक्ता डिएसपी सत्यनारायण थापाले जानकारी  दिए ।

त्यस्तै, नेपालगन्जको  भेरी  कोरोना  विशेष अस्पतालमा  साँझ  ७  बजे  बर्दियाको राजपुर गाउँपालिका–१ का ७३  वर्षीय पुरुष, ७ : ४० बजे  बाँके जिल्लाको  बैजनाथ  गाउँपालिका–८ की ७८ वर्षीया महिला  र  दैलेखको नारायण गाउँपालिका –१ की ६८  वर्षीया महिलाको  ९  बजेको समयमा कोरोना संक्रमणबाट मृत्यु भएको भेरी कोरोना  विशेष अस्पतालले जनाएको छ  ।  

हाल सम्म  भेरी अस्पतालमा  ९६ जना संक्रमितमध्ये ६०  जनाको  ज्यान  गएको जनाइएको  छ  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!