सिता भण्डारी मृत्यु प्रकरण : पुर्पक्षका लागि श्रीमान्, जेठाजू कारागार चलान

Posted on: 07 Oct, 2021

असोज २१ , काठमाडौँ । रुपन्देहीकी २७ वर्षीय सीता भण्डारीको मृत्यु प्रकर’णमा प’क्राउ परेका तीन जना पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

आ’त्मह’त्या दुरुत्साहन मुद्दामा पक्राउ परेका सीताका पति टीका पौड्याल, जेठाजु हरि पौड्याल र आमाजू विष्णु पौड्याललाई पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

जिल्ला अदालतमा बुधवार भएको थुनछेक बहसपछि अदालतको आदेशअनुसार उनीहरूलाई पुर्पक्षका लागि कारागार पठाइएको जिल्ला प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।

तत्काल प्राप्त प्रमाणका आधारमा निर्दोष नदेखिएको ठहरसहित अदालतले तिनै जनालाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो। तिलोत्तमा–५ की भण्डारी गत भदौ २० मा आफ्नै घरमा मृतावस्थामा भेटिएकी थिइन् ।

उक्त घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालय बुटवलले घटना अनुसन्धान गरेको थियो । अनुसन्धानपछि प्रहरीले मृतकको मोबाइलमा सुसाइड नोट भेटिएकाले मृतकले आत्महत्या गरेको प्रारम्भिक निष्कर्ष निकालेको थियो ।

प्रहरीको निष्कर्ष मान्य नभएको जनाउँदै मृतकका माइती पक्ष तथा स्थानीयवासीले सत्य, तथ्य पत्ता लगाउन माग राखेका छन् । भण्डारीको मृत्यु भएको एक महिना बित्न लाग्दासमेत दाहसंस्कार गरिएको छैन ।

मृतक सीता र श्रीमान् टिका पौडेलबिच २०७६ असोज १८ गते विवाह भएको थियो। उनीहरूका सन्तान थिएनन्। पहिलेकी श्रीमतीसँग सम्बन्ध विच्छेदपछि टिकाले सीतालाई बिहे गरेका थिए। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!