दृष्टिविहिन क्रिकेटको उपाधि लुम्बिनी एघारलाई

Posted on: 21 May, 2017

बुटवल संवाददाता | जेठ ७, बुटवल | लुम्बिनी दृष्टिविहिन क्रिकेट संघको आयोजनामा रुपन्देहीमा भएको टि–२० दृष्टिविहिन क्रिकेटको उपाधि लुम्बिनी एघार टिमले जितेको छ । जिल्ला संमन्वय समिति रुपन्देही र बुटवल उपमानगरपालिकाको आर्थिक सहयोगमा  सेमलारमा भएको फाईनल प्रतिष्पार्धामा रुपन्देही एघारलाई ७७ रनले पराजीत गर्दै लुम्बिनी एघारले उपाधि रक्षा गरेको हो । 

पहिला टस जितेर व्याटिङ्ग रोजेको लुम्बिनी टिमिले ६ विकेटको क्षतीमा १ सय ४४ रन बनाएको थियो । १ सय ४५ रनको लक्ष्यय  पछ्याउदै जवाफी व्याटिङ्गमा उत्रीएको रुपपन्देही एघारले ११.३ ओभरमा सबै विकेट गुमाउदै मात्र ६७ रन बनाएको थियो । प्रतियोगीतमा विजेता टिम लुम्बिनी एघारलाई  आईतबार नै  नगद ६ हजार   सहित मेडल र प्रमाणपत्र प्रदान गरियो ।  एक विशेष कार्यक्रमको आयोजना गरी बुटवल उपमहानगरपालिका सामाजिक शाखा नायव शुब्बा ठगिश्वर पोखरेल,  दृष्टिविहिन क्रिकेट संघ लुम्बिनीका कार्यवाहक अध्यक्ष निर्मल पौडेलले संयुक्त रुपमा पुरस्कार प्रदान गरे । प्रतियोगीतामा उपविजेता बनेको रुपन्देही ११ टिमलाई नगद ५ हजार पुरस्कार  सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको दृष्टिविहिन क्रिकेट संघका दामोदर विसीले जानकारी दिए । 

 ६ दिन सम्म आयोजना गरिएको प्रतियोगीता तथा प्रशिक्षण कार्यक्रममा राम प्रसाद आचार्य, निर्मल पौडेल,  एम्पायर गिता रेग्मी लगायतले प्रशिक्षण समेत प्रदान गरेका थिए ।  आईतबारको प्रतियोगीतामा म्यान अफ दि म्याच लुम्बिनी ११ दयाराम चौधरी भए भने म्यान अफ दि सिरीज लुम्बिनी ११ का मदन न्यौपाने भए । सोही कार्यक्रममा लुम्बिनी दृष्टिविहिन क्रिकेट संघकाट अन्र्तराष्ट्रिय क्रिकेट प्रतियोगीतामा सहभागी भएका खेलाडीहरु शुनिल क्षेत्री र अब्दुल जहिद लाई सम्मान समेत गरिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!