सल्यानमा नेपाल कम्युनिस्ट पार्टीको नगर बैठक सम्पन्न

Posted on: 01 Jan, 2018

इन्द्र ब बुढाथोकी/पुस १७, सल्यान । बनगाड कुपिन्डे नगरपालिकाको नेपाल कम्युनिस्ट पार्टी विप्लवको नगर कमिटीको बैठक आज सप्पन्न भएको छ ।

उक्त बैठकले चालू आबको बजेटको बिनियोजन बारे निकै चासोका साथ हेरेको बताएको छ । चालू आबको बजेट विनियोजन भएको ७ महिना बितिसक्दा पनि विकासका कुनै पनि काम नभएको र उक्त कामको बारेमा के हुदैछ र कसरी अगाडि बढदै छ । 

नगर प्रमुख, उपप्रमुख, र १२ वडाका वडा अध्यक्षहरु सग बसेर त्यसको बारेमा जानकारी लिने र बिगतको दिन जस्तै आधा बजेट काम गर्ने अनि आधा कर्मचारी र उपभोक्ताको मिलोमतोमा खाने गरेकाले यतिबेला त्यस्तो हुना नदिने नगर इन्चार्ज कालीराम बादीले बताउनु भएको छ । यसलाई विषेश गरि हेरेको र जनताको पक्षमा काम भए नभएको अनुगमन गर्ने नगर इन्चार्ज  बादिले जानकारी दिनु भएको छ । 

बैंठक नगर सेक्रेटरी शंकर बुढाथोकी सन्चालनमा सुरु भएको बैठकको अध्यक्षता नगर इन्चार्ज कालीराम बादीले गर्नु भएको नेकपा नगर कार्यालयले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!