कपुरकोट गाउँपालिकाको हिउँदे अधिवेशन सुरु, संसदिय अभ्यासको झल्को

Posted on: 14 Jan, 2018

पुस ३०, सल्यान । संसदिय अभ्यासको झल्को दिने गरि कपुरकोट गाउँपालिका सल्यानको हिउँदे अधिवेशन आइतबार शुरु भएको छ । 

आर्थीक वर्ष २०७४/०७५ का लागी विनियोजित बजेट एवम् कार्यक्रममाथी छलफल र संशोधनका लागी कपुरकोट गाउँपालिकाको दोश्रो गाउँसभा तथा हिउँदे अधिवेशन शुरु भएको हो ।


गाउँसभा शुरु हुनु पूर्व कपुरकोट स्थीत सगरमाथा होटलको सभाहल सजाइएको थियो । सभाहलको एक छेउँमा सचिवालय स्थापना गरिएको थियो । सचिवालयका कर्मचारिहरुले गाउँसभाका सदस्यहरुलाइ फुलमालाले स्वागत गर्दै परिचयपत्र वितरण गरेका थिए । त्यसपछि गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत सुवास रिजालले सदस्यहरुलाइ गाउँसभा कसरि संचालन हुन्छ भन्ने जानकारि गराएका थिए ।

कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेन आइसकेपछि सचिवालयका कर्मचारिले फुलमालाले सम्मान गरेका थिए भने सभाध्यक्षको सम्मानका लागी सबै सदस्यहरु उठेका थिए ।

त्यसपछि कर्मचारिहरुले सभाध्यक्ष सेनलाइ बस्ने स्थान सम्म पुर्याए । सभाध्यक्ष बसेको स्थानबाट उठेपछि राष्ट्रिय गान बजेको थियो । र सबै जना उठेर राष्ट्रिय गानमा सहभागी भएका थिए ।

त्यसपश्चात सभाध्यक्षले सदस्यहरुलाइ बस्न आग्रह गरे । मौनधारणको कार्यक्रम पनि सम्पन्न भइसकेपछि अध्यक्ष सेनले गाउँसभा शुरु भएको घोषणा गरेका थिए । सभाध्यक्षको आग्रहपछि उपाध्यक्ष तिला बुढाले गाउँसभाको लागी तीनवटा प्रस्ताव पेश गरिन् । प्रस्तावमाथी छलफलका लागी एक सदस्य दुइ मिनेट समय निर्धारण गरिएको थियो । 


सदस्यहरुले पालैपालो प्रस्तावमाथी टिकाटिप्पणी गरेका थिए । संशोधन प्रस्तावमाथी व्यापक छलफल गर्नुपर्ने भएकाले आगामी माघ ४ गते मात्रै प्रस्तावहरु पारित हुने कपुरकोट गाउकार्यपालिकाले जानकारि दिएको छ । 

सदस्यहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिँदै गाउँपालिका अध्यक्ष सेनले सबैको छलफलबाट समृद्ध र समुन्नत गाउँपालिका निर्माणका लागी आवश्यक निर्णय गरिने बताएका थिए ।

उनले गाउँपालिका भित्र रहेका हरेक कार्यालयका कर्मचारिहरुलाइ प्रमुख प्रशासकीय अधिकृतसंग परामर्श र अनुमती लिएर मात्रै कार्यालय छाड्न निर्देशन दिए । गाउँसभामा प्रमुख प्रशाशकीय अधिकृत रिजालले हाल सम्मको प्रगती समिक्षा समेत गरेको कपुरकोट गाउँ कार्यपालिकाका सूचना अधिकारी जिवराज केसीेले जानकारि दिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!