फागुन ९, सल्यान । कपुरकोट गाउँपालिकाका महिला स्वास्थ्य स्वयमसेविकाहरुको अर्धवार्षिक समिक्षा सम्पन्न भएको छ । ६ वटै वडाका ३७ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुले आफुले स्वास्थ्य क्षेत्रमा गरेका कामको समिक्षा गरेका हुन् । ४ वटा स्वास्थ्य चौकी र २ वटा सामुदायीक स्वास्थ्य इकाइमा समिक्षा कार्यक्रम सम्पन्
Read Moreफागुन ३, सल्यान । सल्यानमा ६४ वटा कृषक समूहलाइ अगुवा कृषक तालिम प्रदान गरिएको छ । उन्नत कृषि केन्द्र कपुरकोटले सल्यान सहित दाङ र रोल्पामा गठन भएका ६४ वटा कृषक समूहका अध्यक्षहरुलाइ तालिम प्रदान गरेको हो । खेती गर्दा माटोको गुणस्तर कस्तो हुनु पर्दछ । विरुवालाई आवश्यक पर्ने मलखाद तथा पोषक तत्व, माटाको
Read Moreफागुन १, सुर्खेत (रासस) | कर्णाली प्रदेश सरकारले यसै वर्षदेखि किसान निवृत्तिभरण(पेन्सन) कार्यक्रम शुरु गर्ने भएको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आवमा विनियोजित रु एक करोड बजेटको सीमाभित्र किसानलाई पेन्सन वितरण गर्ने भएको छ । प्रदेश सरकारले चालू आवको बजेटमा क
Read Moreमाघ २९, सल्यान । गएको असारमा वार्षिक निती, कार्यक्रम तथा बजेट पारित गरेको सल्यानको कपुरकोट गाउँपालिकाले केहि योजनाहरु हिउँदे अधिवेशनबाट संशोधन गरेको छ । मंगलबार सम्पन्न हिउँदे अधिवेशनमा विभिन्न शिर्षकबाट रकमान्तर गरि केहि अत्यावश्यक तथा छुट हुन गएका योजनाहरुमा बजेट विनियोजन गरिएको योजना तथा बजेट तर्
Read Moreमाघ २३, काठमाडौं । सल्यानमा एक युवतीले आफ्नै छोरालाई विष खुवाएर हत्या गरेको खुलेको छ । छत्रेश्वरी गाउँपालिका ४ सुगरपोखरीकी १९ वर्षकी युमुना केसी भनिने एलिशा खत्रीले ४ वर्षका छोरालाई घरमै विष खुवाएर हत्या गरेको प्रहरीले जनाएको छ । परपुरुषसँग सम्बन्ध राखेकी केसीले छोरा समीरलाई गत पुस २८ गते सल्फास नाम
Read Moreमाघ २१, सुर्खेत (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा ६ महीनामा ६२१ उजुरी परेको छ । चालू आव २०७५÷७६ को पुस मसान्तसम्ममा कूल ६२१ उजुरीमध्ये १६८ मुद्दा फछ्र्यौट गरिएको छ । चार सय ५३ उजुरीबारे अध्ययन अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अध
Read Moreमाघ २०, सल्यान । सल्यानको कपुरकोट गाउँपालिकामा चालू आर्थीक वर्षका योजना तथा कार्यक्रमहरुमाथी निगरानी बढाउनुपर्ने विषयमा छलफल भएको छ । गाउँकार्यपालिकाको आइतबारको बैठकमा गाउापालिकाका अध्यक्ष भिम बहादुर सेनले कार्यपालिकाका सदस्यहरुलाइ आआफ्नो क्षेत्रमा सञ्चालन भइरहेका योजना तथा कार्यक्रमहरुको निगरानी, अ
Read Moreमाघ १९, सल्यान । नेपाल शिक्षक संघ कपुरकोट गाउँपालिकाले पूर्णता पाएको छ । शिक्षक संघ कपुरकोट गाउँकार्यसमितीको पहिलो प्रतिनिधीसभाबाट रिक्त रहेको पदहरु पुर्ति गरेर कार्यसमितीलाइ पूर्णता दिइएको संघले जनाएको छ । महिला उपाध्यक्षमा टंकी राना, अर्थसचिवमा लाल बहादुर कुवर, अर्थसहसचिवमा खुमलाल महतारा, सम
Read Moreमाघ १४, सल्यान । पश्चिम बनगाड कुपिण्डे नगरपालिका वडा नं ४ देउलिमा शनिबार राति ९:३० बजे परेको चाट्याङले ६ लाख ४३ हजार ८ सय बराबरको क्षेती भएको ईलाका प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएको छ । स्थानीय झम्पा कुमारी बुढाको घरमा शनिबार राती परेको चट्याङले ४ कोठाको मटि छानो भएको घरको भित्ता (बाल)
Read Moreमाघ ८, डोटी | जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीले लामो दूरीमा सञ्चालन हुने गाडीमा आफुखुशी जोडिएका सिट हटाउन थालेको छ । डोटीबाट तराईतर्फ जाने लामो दूरीका गाडीले आफूखुशी सिट जडान गरेपछि ट्राफिक प्रहरीले हटाउने अभियान थालेको हो । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण डोटीमा वर्षेनी सवारी
Read Moreमाघ ६, बेझाड | पाल्पाको रामपुरस्थित इलाका प्रशासन कार्यालय अहिले कार्यालय सहयोगीको भरमा चलेको छ । कार्यालयमा हालै पुग्दा दुई कार्यालय सहयोगीबाहेक अरु कोही पनि कर्मचारी भेटिएनन् । सेवा लिन कार्यायमा पुगेका सेवाग्राही गुनासो गर्दै फर्केका थिए । गएको पुस १५ गते कार्यालय प्रमुख मधुसुदन भट्टराई यहा
Read Moreमाघ ६, काठमाण्डौ | नेपाल पत्रकार महासङ्घले मकवानपुरबाट प्रसारण हुने रेडियो अनमोलमा आबद्ध सञ्चारकर्मी मनोहर ढकालको हत्या भएको घटनाप्रति भत्र्सना गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गरी ढकालको हत्याको समाचारले महासङ्घ स्तब्ध भएको बताउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, “महासङ
Read Moreप्रदूषित बन्दै दक्षिणकाल क्षेत्र माघ ४,काठमाण्डौ | राजधानीको दक्षिण पश्चिमी भेगमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण दक्षिणकाली मन्दिर क्षेत्र प्रदूषित बन्न थालेको छ । मन्दिर क्षेत्रको व्यवस्थापन गर्न दक्षिणकाली क्षेत्र प्रबन्ध समिति गठन गरिए
Read Moreमाघ ३, काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७५३ वटै स्थानीय तहमा रोजगार संयोजक छनौटको प्रक्रिया सुरु गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहिबार पत्रकार सम्मेलन गरि रोजगार संयोजक नियुक्तीको प्रक्रिया सुरु भएको जानकारी दिएको हो । संयोजक छनौटको लागि १५ दिनको म्याद
Read Moreपुस २९, रत्नगर | नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा १० मा पढ्ने छात्रामाथि दुव्र्यवहार गरेको भनी परिवारको उज
Read Moreपुस २७, काठमाडौँ | दलित समुदायका सम्पूर्ण कर्मचारी एकजुट होऔं, कार्य क्षेत्रमा हुने सबै प्रकारका विभेदको अन्त्य गरौं भन्ने मूल नाराका साथ राष्ट्रिय दलित कर्मचारी समाज–नेपालको तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)को प्रमुख आतिथ्यमा सम्पन्
Read Moreपुस २५, काठमाडौँ | काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि भएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस थियो । न्यूनतम तापक्रम नघटेको भए पनि दिउँसो तापक्रम नबढ्दा बढी चिसो महसुस भएको मौसमविद् सुजन सुवेद
Read Moreपुस २५, पर्वत | लामो समयदेखि काठको पोल मर्मतसम्भार नहुँदा यहाँको एक सिङ्गो गाउँ विद्युतीय जोखिममा परेको छ । पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा परेका हुन् । सामुदायिक विद्युतीकरण उपभोक्ता समितिद्वारा झण्डै एक दशक अघि विद्युतीकरण गरिएको भए पनि काठका पोल म
Read Moreशंकर के सी | पुस २४, सल्यान । भाडामा सञ्चालन भइरहेको सल्यानको त्रिवेणी गाउँपालिकालाइ स्थानियले पाँच रोपनि जग्गा दान दिएका छन् । त्रिवेणी ६ लुहाम निवासि रेमु श्रेष्ठ, दिवाकरराज श्रेष्ठ, ड्रम्बर शाह, कर्ण बहादुर श्रेष्ठ र कमल केसीले मालपोत कार्यालयबाट गाउँपालिकाको नाममा जग्गा पास गरिदिएका हुन् । भाडाक
Read Moreपुष २३, सल्यान (रासस) | सल्यानमा पहिलोपटक सरकारी कार्यालयमा स्तनपान तथा शिशु स्याहार कक्ष स्थापना गरिएको छ । जिल्ला हुलाक कार्यालय सल्यानमा कार्यालयमा आउने सेवाग्राही तथा कर्मचारीको सुविधाका लागि स्तनपान तथा शिशु स्याहार कक्ष स्थापना गरिएको हो । कार्यालयमा आउने शिशुसहितका सेवाग्राही तथा
Read Moreपुस २२, सल्यान | आगलागीबाट यहाँ आज दुई घर जलेर नष्ट भएको छ । कालिमाटी गाउँपालिका– ६ घारेघारीमा आगलागी हुँदा ओमबहादुर खत्री र चित्रबहादुर खत्रीको घर जलेर नष्ट भएको स्थानीय हिरालाल शर्माले जानकारी दिनुभयो । आगलागीबाट लत्ताकपडा, अन्नपात र पसलको सम्पूर्ण सामान जलेर नष्ट भएको छ । आगलागीको ो कारण खु
Read Moreपुस १९, ललितपुर (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले बालकुमारीस्थित फोहरपानी प्रशोधन केन्द्रको शिलान्यास गर्नुभएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी पाँच वर्षमा सो योजना सक्ने लक्ष्य राखेको छ । काठमाडौँ उपत्यकामा गुहेश्वरी, सल्लाघारी, बालकुमारी (कोड्कु) र सुन्दरीघाटमा प्रशोधन
Read Moreपौष १२, सल्यान । जिल्लाका अधिकांश सामुदायिक विद्यालय चन्दाको भरमा सञ्चालन हुँदै आएका छन् । विद्यालय तथा विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था नहुँदा अधिकांश विद्यालय चन्दाको भरका सञ्चालन हुदै आइरहेका हुन् । सल्यान प्राथमिक विद्यालय २८७, निमावि ८७ र मावि ७३ वटा रहेका छन् । तीमध्ये १४१ वटा विद्यालय
Read Moreशंकर के सी । सल्यान, १० पुस । २३ जनाको ज्यान जानेगरि भएको दुर्घटना स्थल दाङ तुलसिपुर उपमहानगरपालिका ३ राम्रीमा विश्वकर्मा बाबाको मन्दिर निर्माण गरिने भएको छ । राप्ती लोकमार्ग अन्तर्गत दाङ सल्यान सडक खण्डको त्यस क्षेत्रमा सवारी दुर्घटना भई ठूलो मात्रामा जनधनको क्षति भएको र अझै दुर्घटनाको क्रम नरोकिएक
Read Moreपुष ८, सल्यान । सल्यान–तुलसीपुर सडक अन्तर्गत दाङको तुलसीपुर–३ राम्रीमा भएको बस दुर्घटना प्रति दुःख ब्यक्त गर्दै सल्यान कपुरकोट गाउँपालिकाका सम्पूर्ण विद्यालय आइतबार शोक मनाउदै बन्द भएका छन् । गाउँपालिकाभित्र रहेका २४ वटा सामुदायीक र ३ वटा संस्थागत गरि २७ विद्यालयमा दाङ घटनाप्रति दुःख व्यक्त गर्दै एक
Read Moreपुस ५, सल्यान । सल्यान जिल्लाको एकिकृत पर्यटकीय विकास गर्ने उद्देश्यले ल्याइएको पर्यटकीय चक्रपथ निर्माण योजनाको काम शुरु भएको छ । यस योजनालाइ निकै महत्वको साथ हेरिएको छ । सल्यान जिल्लालाइ छिमेकी जिल्लाहरुको सिमानासंगै परिक्रमा गर्ने गरि चक्रपथ निर्माण कार्य कपुरकोटदेखि शुरु भएको हो । स्थानीय पूर्वा
Read Moreशंकर के सी | पुष ३, सल्यान । सल्यानका स्थानिय तहमा कार्यरत दुई सय ५० बढि कर्मचारीहरुले हातमा कालो पट्टी बाँधेर काम ठप्प पारेका छन् । कर्मचारी समायोजन अध्यादेश विधेयकले आफूहरूलाई विभेद गरेको उल्लेख गर्दै त्यसको विरोधमा स्थानीय तहमा कार्यरत कर्मचारिहरु आन्दोलनमा उत्रीएका हुन् । स्थानीय तहमा कार्यरत कर
Read Moreमङ्सिर २२, सल्यान । सल्यानको त्रिवेणी गाउँपालिकाले स्थानीय लोक कला संस्कृती संरक्षण तथा प्रस्तुतीकरण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार पवित्र धार्मिक स्थल त्रिवेणी तिर्थशाला धामको प्रांगणमा मारुनी, पुरुसुङे र मादलेले भरपुर मनोरञ्जन दिए । साथै उनीहरुले उहिलेको जमानाको याद पनि दिलाए । कार्यक्रममा त्र
Read More