देशभर हलेदो र अदुवाको नयाँ जात विस्तार हुँदै

Posted on: 09 Jun, 2018

शंकर के सी | जेठ २६, सल्यान | किसानलाइ बढि लाभ दिने उन्नत जातको अदुवा तथा हलेदोको विउ पत्ता लगाउने एकमात्र अदुवावालि अनुसन्धान कार्यक्रमले यस वर्ष पनि देशका विभिन्न ठाउँमा विउ पुर्याएको छ । विशेष गरि हलदोको विउ विक्रि गरेको अनुसन्धान कार्यक्रमले अदुवाको विउ पैँचो दिएको छ । सल्यानमा कार्यालय रहेको यस कार्यक्रमले कपुरकोट हलेदो १ र कपुरकोट अदुवा १ जात देशका विभिन्न जील्लामा किसान तथा किसान समूहहरुले लगेको जानकारि दिएको छ ।

प्रधानमन्त्री आधुनिकरण परियोजना धरानमा पाँच सय किलो, जाजरकोटको छेडा नगरपालिकामा एक सय किलो र प्युठानको स्वर्गद्धारि नगरपालिकामा दुई सय किलो हलेदो (बेसार) को विउ गएको अनुवा वालि अनुसन्धान कार्यक्रमका प्राविधिक अधिकृत खेमराज शर्माले जानकारि दिए । उनका अनुसार कार्यालयको कपुरकोटमा रहेको आफ्नो जमिनमा एक हार किलो बेसारको विउ रोपिएको छ । प्राविधिक अधिकृत शर्माले भने, ‘कपुरकोट हलेदो–१ जातको हलेदोको उन्नत विउ प्रति किलो ८० रुपैयाँको दरले विक्रि भएर गएको छ भने अदुवाको जात हामीले पँचोको रुपमा किसान तथा किसान समूहहरुलाइ दिएका छौँ ।’

अदुवावालि अनुसन्धान कार्यक्रम आफैले विउ उत्पादन गर्नका लागी दुई हजार पाँच सय किलो अनुवाको विउ लगाएको छ । यस्तै मकवानपुरमा पाँच सय किलो, पाल्पामा पाँच सय किलो, डोटीमा चार सय किलो ‘कपुरकोट अदुवा–१’ जातको अदुवा पठाइएको शर्माले जनाएको छ । अनुसन्धान कार्यक्रमले पत्ता लगाएको हलेदोको नयाँ जात कपुरकोट हलेदो २ र अदुवाको नयाँ जात कपुरकोट हलेदो २ को विउ उत्पादनकै क्रममा रहेकाले आगामी वर्षबाट मात्रै किसानकहाँ पुग्ने उनले जानकारि दिएका छन् ।

पछिल्लो समय नयाँ र उन्नत जातको हलेदो तथा अदुवाको विउबाट बढि उत्पादन लिन सकिने भएकाले विस्तारै किसानहरुको नयाँ जात तर्फ आकर्षण बढ्दै गएको अदुवावालि अनुसन्धान कार्यक्रमका वैज्ञानीक डाक्टर जनार्दन गौतमले जानकारि दिएका छन् । उनले भने, ‘व्यवशायीक किसानले बढि भन्दा बढि फाइदा लिन नयाँ जातको विउ रोप्न जरुरी छ । किन भने उन्नत जातमा रोग किराको प्रकोपबाट बच्न सक्ने र बढि उत्पादन दिन सक्ने क्षमता हुन्छ ।’

यसैविच अदुवावालि अनुसन्धान कार्यक्रमले अदुवा र बेसारको अलावा मकैको विउ पनि उत्पादन गर्नेगरेको छ । हरेक वर्ष २० क्वीन्टल बढि मकैको मुल विउ उत्पादन हुने गरेको बैज्ञानीक गौतमले जानकारि दिए । यसपालि पनि मनकामना–३ जातको मकैको विउ २२ क्वीन्टल बढि उत्पादन भएको उनले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!