गोठदेखि ओँठ सम्म स्वच्छ दुध पुर्याउन कपुरकोटमा मिल्क क्यान वितरण

Posted on: 03 Jul, 2019

असार १८, सल्यान । ग्रामिण क्षेत्रमा दुध संकलनमा टेवा पुर्याउने उद्देश्यले सल्यानमा मिल्क क्यान वितरण गरिएको छ । जिल्लाको कपुरकोट गाउँपालिकाले दुग्ध ब्यवशायमा संलग्न किसानलाइ २३ थान मिल्क क्यान वितरण गरेको हो । 

५० प्रतिशत अनुदानमा १७ जना किसान तथा दुग्ध ब्यवशायीलाइ १० लिटर क्षमताको क्यान वितरण गरिएको पशु सेवा शाखा कपुरकोटका प्रमुख अरुणा भण्डारीले जानकारि दिइन् । मिल्क क्यान वितरण गर्दै गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले किसानले उत्पादन गरेको दुध गुणस्तरिय तथा सुरक्षीत तरिकाले दुध संकलन केन्द्रसम्म पुर्याउन सहज होओस् भनेर यो कार्यक्रम संचालन गरिएको बताए । उनले भने, ‘गोठ देखि ओठ सम्म स्वच्छ दुध हुनुपर्छ भन्ने हाम्रो चाहना हो, त्यसैले हामीले मिल्क क्यान वितरण गरेका हौँ । गाउँपालिका सधै किसानको साथमा छ ।’

प्लाष्टीकको भाँडोमा दुध विक्रि गर्न बजार सम्म ल्याउने किसानहरुले अव स्टिलको भाँडामा दूध ल्याएमा दुधको त्यसको गुणस्तर र ब्याक्टेरियाको सङ्क्रमण न्यून हुने बताइएको छ । 


मिल्क क्यान पाउने किसानहरु कपुरकोट ५ का सुपारि महतारा, याम बहादुर पुन, अमृता रोका, कलसि बुढाथोकी, गंगाराम साहु, टिका घर्ती, राजेश बुढाथोकी, दान बहादुर कामी, बेद बहादुर पुन, कृष्णा पुन, नर बहादुर कामी रहेको छन् । 

यस्तै वडा नम्बर ६ बाट तिला कुमारि डाँगी, कपुरकोट ४ बाट विना बुढा, कपुरकोट ३ बाट शेर बहादुर महतारा, ज्योती प्रकाश ओली, बाबुराम बस्नेत र दुग्ध ब्यवशायी कुबेर केसी रहेको छन् । पशु सेवा शाखाले सूचना प्रकाशित गरेर संकलन भएका निवेदनका आधारमा किसानलाइ छनौग गरेको थियो । 

मिल्क क्यान वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजाल, वडा नम्बर २ का वडाध्यक्ष मान बहादुर राना, ३ का वडाध्यक्ष मिन बहादुर सेन लगाएतले बोल्दै उपभोक्तालाइ स्वच्छ दुध उपभोगमा यस कार्यले सहजता ल्याउने अपेक्षा राखेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!