सल्यान दमाचौरमा विद्यालय संचालनका लागि अजम्बरी कोष निर्माण।

Posted on: 04 Feb, 2017
खकेन्द्र केसी
माघ २२, सल्यान 
गाउमा विद्यालयको स्वीकृत पाएपछी खुशी भएका ग्रामिण भेगका अधिकांश विद्यालयहरु अहिले पुरा दरबन्दी नहुदा निजी स्रोतबाट चल्न बाध्य छन । जिल्ला शिक्षा कार्यालयबाट प्राविले निमावि, निमाविले मावि र माविले उच्च माविको स्वीकृति त बनाए तर उनिहरुलाई विद्यालय संचालनमा हम्मे हम्मे परेको छ । 
जहाँ समस्या हुन्छन अनी त्यहाँ समाधान पनि हुन्छ । समाधानका बाटाहरु कतै सामुदायीक वनको रकम, कतै गाविसको बजेट त कतै अन्य सहयोग जसोतसो विद्यालय संचालन भैरहेका छन । यस्तै उपाया सल्यानको दमाचौर मा रहेको एक विद्यालयले कसमस फण्ड नामक कोष निर्माण गरेर निकालेको छ । कसमस फण्ड भनेको अजम्बरी कोष हो । दमाचौर गा.वि.स. वडा नं. ९ को बुराँसेटाकुरीमा रहेको श्री जनता माध्यमिक विद्यालयले “विद्यालय प्रतिको हाम्रो सहयोग बारम्बार, हाम्रो विद्यालय आफै बनाउछौ सदावहार भन्ने नारा सहित यो कोषको स्थापना गरेको हो । 

विद्यालयको शैक्षिक सुधारका लागि यो फण्ड निर्माण गरिएको भन्दै कोषबाट आएको रकमले निजी शिक्षकलाई तलव खुवाउने, भौतिक पुर्वाधार निर्माण गर्ने विद्यालयका प्रधानाध्यापक लालसिंह वलीले बताएका छन । 
जिल्ला शिक्षा कार्यालय बाट प्राबि सम्मको स्वीकृति पाएको बिद्यालय हाल बिद्यार्थी र अभिभाबकको माग अनुसार कक्षा ९ सम्म सञ्चालन गरिएको उक्त विद्यालयमा निमावी एक राहत दरबन्दी मात्रै छ । शिक्षा कार्यालयले आबश्यकता अनुसारको दरबन्दी नदिनु र स्थानिय स्तरबाट निजि शिक्षक राखेर तलब खुवाउने अबस्था नहुनु र बिद्यालयलाई यसै शैक्षिक सत्र देखी कक्षा दश सम्म सञ्चालन गर्ने गरी बिद्यालयमा अजम्बरी कोष स्थापना गरिएको बिद्यालय जानकारी दिएको छ । 
 झ्याम बुराँसे परम्परागत लहरे नाचले दिएको ७ लाख २ हजार ५ रुपैयाँ, स्थानियबासी, वैदेशीक रोजगार र राजनीतिक दलको सहयोगमा अहिले कोषमा ९ लाख भन्दा बढी रकम जम्मा भएको छ भने अभियान निरन्तर चल्ने विद्यालयको भनाइ छ ।
विद्यालय भए गाउका बालबिलका लाइ सजिलो हुने भएकाले गाउको झ्याम बुराँसे लहरे नाच समितीले जम्मा गरेको रकम विद्यालयलाइ हस्तान्तरणा गरिएको अध्यक्ष खडक बहादुर केसीले बताएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!