३२ किमी सडक ३० बर्षदेखि निर्माणाधीन अवस्थामा

Posted on: 16 Nov, 2018

कात्तिक ३०, सल्यान | सल्यानको दुलरापोखराबाट पश्चिम बन्गाड जोड्ने सड्क शीलान्या भएको ३० बर्ष पुगिसक्दा पनि निर्माणाधीन अवस्थामा रहेको छ । २०४५ सालमा तत्कालिन प्रधानमन्त्री मरिचमान श्रेष्ठलेउद्घाटन गरेको उक्त सडक त्यस पछिका ३० बर्षमा पनि निर्माण सम्पन्न हुन सकेको छैन ।

शीलान्यास गरिए यता उक्त सडक निर्माणका लागि बर्सेनी लाखौं बजेट विनियोजन भए पनि निर्माणकार्य सम्पन्न हुन सकेको छैन । ३२ किलोमिटर सडक निर्माण थालिएको ३० बर्ष बितिसक्दा पनि उक्त सडकमा सवारी साधन पूर्णरुपले चलाउन सकिने अवस्थामा छैन् । उक्त सडक खण्डको १८ किलोमिटर सडक ग्राभेल र १४ किलोमिटर सडक वटासिल गर्ने जिम्मा दुई बर्षअघि सन्तोषी निर्माण सेवाले लिएको थियो । दुईबर्षमा पनि निर्माण कम्पनीले आधा पनि काम सकेको छैन ।


साना सवारी साधनहरु चलेपनि ठुला सवारी साधन चल्न सकेका छैनन् । देश १ सय पर्यटकीयस्थलमा परेको कुपिण्डे दह यही सडक खण्डकोबीचमा पर्दछ । बर्षेनी हजारौ पर्यटक यहाँ आउँछन तर सडकको समस्या झेलिरहेका छन् । सल्यानबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने यो मुख्य मार्ग पनि हो ।२०७४ चैतमा काम सक्ने लक्ष्य निर्माण कम्पनीले लिएको थियो ।

समय सकिएको एक बर्ष पुग्न लाग्दा पनि आधा काम सकेको छैन । २४ करोड लागतमा निर्माण थालिएको भएपनि सडकको अवस्था भने निकै नाजुक छ । सकडकै कारण केही समय अघि डरलाग्दो दुर्घटना हुँदा १३ जनाले ज्यान गुमाइसकेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!