पीडादायी गीतको भिडियोमा दुर्गेशले सित्तैमा अभिनय गरे

Posted on: 19 Aug, 2017


चर्चीत गायक, नायक तथा मोडल दुर्गेश थापा हेर्दा जती शुन्दर छन् उनी त्यत्तिकै मनको पनि शुन्दर र सफा छन् । 

पछिल्लो समय चर्चाको शिखरमा पुगेका दुर्गेशले सहयोग स्वरुप एक म्युजिक भिडियोमा निःशुल्क अभिनय गरेर फेरि अर्को चर्चामा पुगेका छन् । यद्यपि उनले चर्चामा आउनकै लागी निःशुल्क म्युजिक भिडियोमा अभिनय गरेका होइनन् ।

शुक्रबार दाङको कार्यक्रममा आएका दुर्गेशले गायीका पुष्पा शर्माको एक पिडादायी गितमा कुनै पनि शुल्क वा पारिश्रमीक नलिएर अभिनय गरेको जनाएका हुन् । उनले भने– ‘पुष्पा बहिनी पटक पटक विरामीको शिकार भएकि छिन्, उनले आफ्नै जीवनसंग मेल खाने एल्वम ‘विदाइ’ बजारमा ल्याउदै रहिछिन् । त्यस एल्वमको ‘बाध्यताले संशार छोड्दै छु’ बोलको गीतमा अभिनय गर्न आग्रह गरेपछि मैले सहयोग स्वरुप फ्रि मै अभिनय गरेको छु ।’


उनले गायीका पुष्पाको स्वास्थ्यमा देखिएको समस्या चाँडै समाधान होओस भनेर कामना पनि गरेका छन् । गितको सुटिङ सम्पन्न भइसकेो दुर्गेशले जनाएका छन् । नव गायीका पुष्पाले नै उक्त गितमा स्वर दिएकि छिन् भने अभिनय पनि आफै गरेकि छिन् । 

पटक पटक विरामी हुने तर खास के समस्या हो भनेर पत्ता नलाग्दा एकदमै पिडामा परेकी गायीका पुष्पाको ‘बाध्यताले संशार छोड्दै छु’ बोलको गीत अव छिट्टै युट्युव मार्फत सार्वजनीक हुने दुर्गेशले जनाएका छन् । प्रस्तुति: शंकर के सी, सल्यान

यस बिषयमा तपाइको प्रतिक्रिया...!