सांगीतीक बजारमा ‘तिम्रो ओठैमा’, विक्रम चौहान र करिश्मा ढकालको धमाका (भिडियो)

Posted on: 13 Nov, 2017

लोक गित संगीतको बजारमा हिजोआज ‘तिम्रो ओठैमा’ ले चर्चा बटुलिरहेको छ । सुन्दा खेरि मनै संचल बनाउने यस लोक दोहोरिगित ‘तिम्रो ओठैमा’ को म्युजिक भिडियो गएको शुक्रबार युट्युवमा सार्वजनीक भएसंगै यसले लोक दोहोरिका पारखिहरुको मन तान्न थालेको हो ।

अहिलेका चर्चीत निर्देशक विक्रम चौहान र करिश्मा ढकालको फरक ढंगको नृत्यमा दंगाली गायक तथा संचारकर्मी प्रेम विवश घर्ती र करिश्मा घमको सुरिलो स्वर भरिएको छ । यो गीत आशिष म्यूजिक प्रालि मार्फत बजारमा आएको हो । 

गीतको लय गायक घर्तीले नै बनाएका हुन् भने शब्द श्रृजना गायिका करिश्मा घमले गरेकी छीन् । विक्रम चौहानको निर्देशन र प्रकाश खड्काले छायाँकन गरेको म्यूजिक भिडियोको सम्पादन मिलन वि.क.ले गरेका हुन् ।

निर्माता बिष्णु घर्तीको विषेश सहयोगमा बनेको म्यूजिक भिडियो दर्शक श्रोताले निकै मन पराएका छन् । गायिका करिश्मा घमले यस अघी आधुनिक गीती यल्वम् मुटु र स्पनन्दन दर्शक श्रोतामाझ लिइसकेको भएपनी यो लोकदोहोरी गीतमा भने पहिलो पटक आफैले आवाज दिएकी छिन् ।


रेडियो नेपालमा लोक गीत विधामा विक्रम संवत २०६२ सालमा स्वर परिक्षा पास गरेका गायक घर्तीले यस गित निकै उत्कृष्ट बनेको बताए । उनले २०६३ सालदेखि स्टुडियोमा गित रेकर्ड शुरु गरेका थिए । 

अहिले उनी गायक मात्रै नभएर शब्द तथा लयमा पनि दख्खल राख्छन् । उनले शब्द तथा लय गरेका धेरै गित बजारमा आईसकेका छन् भने अहिले सम्म दुइ दर्जन बढि गित निर्माण गरेर बजारमा ल्याइसकेको घर्तीले जनाए । प्रस्तुति: शंकर के सी, सल्यान


यस बिषयमा तपाइको प्रतिक्रिया...!